२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सशस्त्र प्रहरीलाई सीमाको ‘डेडिकेटेड फोर्स’ बनाइन्छः गृहमन्त्री लेखक



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल नेपाललाई सीमाको ‘डेडिकेटेड फोर्स’ बनाइने बताउनुभएको छ ।

मङ्गलवार सशस्त्र प्रहरी बल नेपालको निरीक्षक आधारभुत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बललाई सीमाको ‘डेडिकेटेड फोर्स’ बनाउन मन्त्रालय लागि परेको बताउनुभएको हो ।

उहाँले त्यसका लागि अन्तर्राष्ट्रिय मापदण्डसहितको थप बिओपीहरुको स्थापना गर्न लागिएको बताउनु भयो । उहाँले हाल स्थापनारत बिओपीहरुको स्तर वृद्धि गर्दै समग्र संगठनलाई प्रविधिमैत्री एवं चलायमान बनाउनेतर्फ पनि मन्त्रालय प्रयासरत रहेको जानकारी गराउनु भयो । उहाँले दीक्षित प्रहरीहरुलाई आफ्नो बौद्धिकता, योग्यता, क्षमता र इमान्दारीलाई सदैव सत्य र लोकहितको पक्षमा लगाएर काम गर्न आग्रह गर्नुभयो । उहाँले सशस्त्र प्रहरी बल नेपालको कानून परिवर्तन गर्न लागिएको भन्दै यसले सशस्त्र प्रहरीलाई थप सबल, सक्षम र व्यवसायिक बनाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘सशस्त्र प्रहरी बल, नेपाललाई सीमाको डेडिकेटेड फोर्स बनाउन मन्त्रालय लागि परेको छ । यसका लागि अन्तर्राष्ट्रिय मापदण्डसहितको थप बिओपीहरुको स्थापना, मौज्दुता बिओपीहरुको स्तर वृद्धि गर्दै समग्र संगठनलाई प्रविधिमैत्री एवं चलायमान बनाउनेतर्फ मन्त्रालय प्रयासरत रहेको छ । राष्ट्रिय सुरक्षाभित्र पर्ने सबै जिम्मेवारीहरु हाम्रा साझा जिम्मेवारीहरु हुन् । हाम्रो जिम्मेवारीबाट राज्यका हरेक नागरिकमा सुरक्षाको प्रत्याभुति भएमात्र हाम्रो अस्तित्व र परिचालनको अर्थ हुन्छ । आफ्नो बौद्धिकता, योग्यता, क्षमता र इमान्दारीलाई सदैव सत्य र लोकहितको पक्षमा लगाउनु होला । सदाचारयुक्त, योग्य, सकारात्मक सोँच र मानसिकता भएको दक्ष र इमान्दार अधिकृतको रुपमा राष्ट्रसेवाको आगामी यात्रा सफल होस् भन्ने शुभकामना व्यक्त गर्न चाहान्छु । कानुन परिवर्तन गरेर नयाँ कानुन निर्माणको प्रक्रिया अगाडी बढाउन लागेको छौँ । यसले थप सबल, सक्षम र व्यवसायिक बनाउने छ यो कानुनले भन्ने विश्वास छ ।’

उहाँले सशस्त्र प्रहरी बल नेपालको सेवालाई थप विशिष्टिकृत बनाइने भन्दै राष्ट्र सेवामा जोश र ऊर्जाका साथ लाग्न निर्देशन दिनुभयो ।