१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित

तिहार नजिकिएसँगै भक्तपुरका कुमालेलाई पाला बनाउन भ्याइनभ्याइ

तिहार नजिकिएसँगै भक्तपुरका कुमालेलाई पाला बनाउन भ्याइनभ्याइ
अ अ+ अ-

भक्तपुर । नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिकिएसँगै माटोका भाँडा बनाउँदै आएका कुमाले समुदायलाई पाला बनाएर बिक्री गर्न भ्याइनभ्याइ भएको छ । तिहारमा माटोका भाँडा र पालाको माग धेरै भएकाले कुमाले समुदायका परिवारलाई यतिखेर पाला बनाउन भ्याइनभ्याइ भएको हो ।

आकर्षक माटोको भाँडा बनाउने भक्तपुर नगरपालिका–४ बोलाछेंँ तालाक्वो अर्थात् पोर्टरी स्क्वायरका प्रजापति समुदायका अधिकांश परिवार तिहारका लागि आवश्यक पाला, धुपौरो, घैँटोलगायत अन्य सामग्री बनाउन व्यस्त देखिन्छन् ।

“तिहार आइसक्यो माटोका पाला, भिउँट, धुपौरोको माग बढी आएको छ, तिहारमा सामान जसरी पनि दिनुपर्छ । अहिले भ्याइनभ्याइ छ”, पुर्खाले वर्षौंदेखि गर्दै आएको पेसालाई १७ वर्षदेखि अँगाल्दै आउनुभएका स्थानीय ३९ वर्षीय विनोदकुमार प्रजापतिले भन्नुभयो ।

माटोका भाँडा बनाउने आधुनिक मेसिनले सहज बनाएको बताउँदै उहँले यस वर्ष एक लाख पाला बिक्री गर्ने योजना रहेको जानकारी दिनुभयो । पाला पूजामा प्रयोग हुने धुपौरो, घैँटोखुत्रुके, गमला बनाउन व्यस्त उहाँले यसवर्ष साना र ठूला दुवै प्रकारका पालाको माग आएको उल्लेख गर्नुभयो ।

माटोका भाँडा बनाउने पेसा गर्दै आएका ९९ प्रजापति परिवारको बसोबास रहेको यहाँ भूकम्प पछि कतिपयले भत्किएका घर छाडेर अन्यत्र बसाइँ सरेका छन् । अहिले करिब ४० घरमा यो समूदाय समिति भएको उहाँले जानकारी दिनुभयो ।

भारतबाट आउने प्लाष्टिक तथा विद्युतीय पालाले माटोको पालाको माग पहिलाको तुलनामा घटेको बताउँदै विनोदकुमारले भक्तपुरमा माटो पाउन छोडेपछि अहिले साँखुबाट ल्याउनु परेको बताउनुभयो ।

यतिबेला पोटरी स्क्वायरका ४० परिवारमा कोही माटोका भाडा बनाइ रहेका, कोही सुकाई रहेका, कोही आधुनिक भट्टीमा भाडा पोखिरहेका, कोही झिक्दै बाकसमा राख्दै गरेका देखिन्छन् ।

स्थानीय विवेक प्रजापतिले १६ वर्षदेखि पुर्खाको पेसालाई अँगाल्दै आएको बताउँदै तिहारका लागि माग बढी भएकाले फुर्सद नभएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “बजारमा माटाका सामग्रीको माग बढी छ । मानिस जन्मेदेखि मृत्युसम्मका लागि आवश्यक पर्ने सम्पूर्ण माटाको भाँडा बनाउँछाँै, यस वर्ष पनि तिहारका लागि एक लाख पालाको माग भएकाले सोही बनाउन व्यस्त छौँ ।”

यहाँ बनेका पाला र भाँडा भक्तपुरका साथै अन्य जिल्ला र विदेशमा समेत माग हुने गरेको विवेकले जानकारी दिनुभयो । “नेपालबाट मात्रै नभई विदेशका लागि पनि सामानको माग आउने गर्दछ”, उहाँले भन्नुभयो ।

सँगै माटोको भाँडा बनाइरहनुभएका साजन प्रजापतिले पछिल्ला केही वर्षयता भारतबाट आयातीत पाला र विद्युतीय बत्तीले माटोका सामग्रीको माग विगतको तुलनामा घटेको बताउनुभयो । बीस वर्षदेखि माटोको भाँडा बनाउँदै आउनुभएका उहाँले यस वर्ष आफूले पाला नबनाएर तिहारका लागि अन्य आवश्यक सामगी मात्र बनाएको सुनाउनुभयो ।

विगत ३५ वर्षदेखि पुर्खाको पेसालाई निरन्तरता दिँदै आउनुभएका रोशन प्रजापतिले बजारमा अहिले पहिलाको जस्तो माटोका भाँडा र पालाको माग नभएको गुनासो गर्नुभयो । उहाँले कोरोना महामारीदेखि व्यापार घटेको भन्दै आर्थिक मन्दीले यो पेसालाई निरन्तरता दिन समस्या भइरहेको उल्लेख गर्नुभयो । उहाँले यस वर्ष ६० हजार पालाको मात्रै माग आएको बताउनुभयो ।

यहाँ उत्पादन भएका पाला भक्तपुर, काठमाडौंँ, ललितपुर, काभ्रेपलाञ्चोक, बनेपा, पनौती, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, पोखरा, नारायणगढ, वीरगञ्जलगायत ठाउँबाट माग भएकाले माग अनुसार पठाउने गरिएको स्थानीय दयाराम प्रजापतिले बताउनुभयो ।

तीन वर्ष अघिसम्म तिहारमा एकसय पालाको रु ९० देखि रु एक सय १० सम्म बिक्री हुने भन्दै मेहनत, माटोको व्यवस्थापनलगायत कारणले ती सामग्रीको मूल्य पनि बढेको उहाँले जानकारी दिनुभयो । यसवर्ष व्यापारीलाई होलसेलमा प्रतिपाला रु दुईमा र खुद्रा रु चारमामा बिक्री गरिने उहाँले बताउनुभयो ।

विनोद प्रजापतिले माटो र काठको निकै अभाव छ, सरकारले इलेक्ट्रिक चुलोको व्यवस्था गरिदिए सहज हुनेधारणा राख्नुभयो । यस वर्ष एउटा पाला होलसेलमा रु दुईमा र खुद्रा रु चारमा बिक्री भइरहेको उहाँले जानकारी दिनुभयो ।

“माटोको अभाव छ । भक्तपुरमा माटो पाउन छाडेको नौ वर्ष भइसक्यो । साँखुबाट व्यापारीले माटो ल्याउने गर्छन्, त्यो पनि माग अनुसार आउँदैन, माटोको अभावले पेसा सङ्कटमा पर्ने अवस्थामा आएको छ । एक मिनिट्रक माटोको व्यापारीले रु १२ हजार लिन्छन्”, उहाँले भन्नुभयो ।

अहिले भक्तपुर र थिमिका प्रजापतिले माटोका पाला, खुत्रुके, अम्बरा, धुपौरो, गमला, सुराई, कलिञ्चालगायत सामानको माग बढेकाले बनाउन व्यस्त रहेको बताएका छन् । थोरै भाँडा बनाउनेले पनि तिहारमा बाहिरबाट पनि माग हुने भएकाले रु एक लाखभन्दा बढी आम्दानी हुने स्थानीय प्रजापति बताउँछन् । रासस