१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपिएल : रोहित शर्मा टिममा फर्किए, हैदराबादले टस जितेर बलिङ रोज्यो



अ+ अ-

शारजाहः इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत मंगलबार शीर्ष स्थानमा रहेको मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबीच खेल शुरु भएको छ ।

चोटका कारण पछिल्ला केही खेलमा आराम गरेका मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मा टिममा फर्किएका छन् ।

टस जितेको हैदराबादले पहिले फिल्डिङ रोजेको छ । पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले ४.४ ओभरको खेल सकिँदा २ विकेट गुमाएर ३९ रन बनाएको छ । रोहित शर्मा ४ रन र क्वीन्टन डि कक २५ रन बनाएर आउट भएका छन् । 

सनराइजर्सका लागि आजको खेल “गर या मर” को अवस्थामा रहेको छ । आजको खेलमा पराजित भए सनराइजर्स प्लेअफको दौडबाट बाहिरिने छ र कोलकाता नाइड राइडर्स प्लेअफमा प्रवेश गर्नेछ ।

यसअघि नै मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोर प्लेअफका लागि छनौट भइसकेका छन् ।