९ मंसिर २०८१, आईतवार
,
Latest
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती चिकित्सा शिक्षा आयोगको बैठक: पिजीको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन संसदमा पेश भएका विधेयकहरु ६० दिनभित्र पास गर्नेगरी काम गर्दैछौँः उद्योगमन्त्री भण्डारी बञ्चरेडाँडामा फाहोर व्यवस्थापन गर्न वैकल्पिक सडक बनाइने नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट कोहलीको ३०औँ टेस्ट शतक, डन ब्राडम्यानलाई पछि पारे चिकित्सा शिक्षा आयोगको बैठक : पिजीको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति सोमवारदेखि शुरु हुँदै सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन ‘स्टार्ट अप सरकारको लोकप्रिय कार्यक्रम बन्छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवैध सामान र १३ बोरा पटकासहित दुई पक्राउ



प्रतीकात्मक तस्बिर
अ+ अ-

बनियानी । झापाको मेचीनगर नगरपालिका–७ बाट ठूलो परिणाममा अवैध सामान बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मङ्गलबार राति भारतबाट नेपालतर्फ भन्सार छलेर अवैधरूपमा ल्याउँदै गरेको रु सात लाख २१ हजार ७०० बराबरको लत्ताकपडा र मोटरपार्ट्स बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

बरामद गरिएका सामानमा कुर्थी, कुर्थी सेट, तन्ना, ढाकाको थान प्रिन्ट कपडा, थान कपडा, टेम्पोको क्लोज तार, विभिन्न मोटरपार्ट्स रहेका छन् । बरामद भएको उक्त सामान आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको छ ।

पटकासहित दुई पक्राउ

यसैबीच मेचीनगर–१० स्थित शान्ति समाज टोलबाट पटकासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर–५ का २९ वर्षीय प्रशन्नजीत दर्जी र टेम्पोचालक ३९ वर्षीय विश्वनाथ प्रधान रहेका छन् । भारतबाट नेपालतर्फ लुकाइछिपाई मे१ह ५५२७ नम्बरको टेम्पोमा पटका ल्याउँदै गरेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले मङ्गलबार साँझ ६ः४५ बजे अटोलाई नियन्त्रणमा लिएको थियो । जाँचका क्रममा अटोभित्र १३ बोरा विभिन्न किसिमका पटका फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बरामद गरिएको पटका, अटो र मानिससहितलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी कानूनी कारवाही अगाडि बढाइएको कार्यालयले जनाएको छ ।