काठमाडौं । नेपाल भ्रमणमा आएकाभारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको कडा सुरक्षाका लागि ‘थ्रेट’ विश्लेषण गरेर उनी हिँड्ने रुटमा २ हजार प्रहरी परिचालन गरिएको छ ।
सडकमा सादा पोशाक र बर्दीमा प्रहरी परिचालन गरिएको छ । नेपाली सेनाले पनि ठूलो संख्यामा सादा पोशाकका सैनिक खटाएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपाल आएका नरावणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।
उनी तिन दिनको भ्रमणमा रहनेछन् । भोलि बिहीबार बिहानबाटउनको औपचारिक भ्रमणको कार्यक्रम शुरु हुने बताईएको छ ।











