१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ? News Polar दशौं राष्ट्रिय खेलकुद सर्दैन, ढुक्क हुनुस् : मन्त्री पोखरेल News Polar कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले स्थापित भएको हो : राई News Polar भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको लामो इतिहास छ : अध्यक्ष खड्गे News Polar राजनीतिलाई पद प्राप्त गर्ने माध्यम होइन, राष्ट्रप्रतिको जिम्मेवारीका रूपमा बुझ्नुपर्छ : भण्डारी News Polar विदेशी राजनीतिक दल र नेताबाट कांग्रेस महाधिवेशनलाई शुभकामना News Polar स्थानीय तहमै पुगेर युवालाई रोजगारीसँग जोड्दै सीप तथा रोजगार मेला News Polar दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न News Polar बेत्रावतीको बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने News Polar घिमिरेको प्रश्न– ‘अन्तिम पंक्तिमा उभिएको नागरिकको जीवन बदल्न सक्यौँ त ?’ News Polar काँग्रेसको १५ औँ महाधिवेशन केवल पद बाँडफाँटका लागि होइन, आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छः उपसभापति भुसाल News Polar कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि लामिछाने News Polar दसैँ नजिकिएसँगै काठमाडाैँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल News Polar आदिवासी जनजाति क्लस्टरबाट केन्द्रीय सदस्यमा विजय सम्बाहाम्फेको उम्मेदवारी News Polar कांग्रेसको १५औँ महाधिवेशनमा खुलामञ्च भरिभराउ, शीर्ष नेताको उपस्थिति News Polar तनहुँमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन प्रचण्ड खुलामञ्च पुगे News Polar कांग्रेस सभापति थापाको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव News Polar ‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’

को हो ५ करोड ९२ लाखमा नेपाल प्रिमियर लिगको कमर्शियल अधिकार किन्ने ब्रान्ड लजिक ?

को हो ५ करोड ९२ लाखमा नेपाल प्रिमियर लिगको कमर्शियल अधिकार किन्ने ब्रान्ड लजिक ?
अ अ+ अ-

काठमाडौँ । विज्ञापन एजेन्सी ब्रान्ड डिजिटल लजिक प्रा.लि.ले नेपाल क्रिकेट संघ (क्यान)ले मागेको ‘स्ट्राटेजिक एण्ड कमर्शियल राइट्स’ आवेदनमा सबैभन्दा बढी ५ करोड ९२ लाख रुपैयाँ बोली लगाएर नेपाल प्रिमियर लिगको प्रचार र व्यवस्थापनको अधिकार प्राप्त गरेको छ। यस सम्झौतामा लिगको ब्रान्डिङ, मार्केटिङ, प्रसारण अधिकार, प्रायोजन व्यवस्थापन, र ग्राउन्ड ब्रान्डिङको जिम्मेवारी ब्रान्ड लजिकलाई दिइएको छ। कम्पनीले एनपीएलको आर्थिक पक्षलाई मजबुत बनाउँदै लिगको लोकप्रियता बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।

२०१९ मा स्थापना भएको ब्रान्ड लजिकले छोटो समयमै विज्ञापन क्षेत्रमा उल्लेखनीय प्रभाव जमाएको छ। डिजिटल मार्केटिङ सेवा दिँदै सुरु भएको कम्पनीले समयसँगै आफ्नो उपस्थिति अझै बलियो बनाउँदै ल्याएको छ।

कम्पनीको स्थापना भएको केही महिनापछि नै कोभिड महामारी सुरु भएको कठिन समयमा पनि ब्रान्ड लजिकले आफ्नो उपस्थितिलाइ अझ सशक्त बनाउन सफल भयो। जब सबैजना अनलाइनतर्फ शिफ्ट भइरहेका थिए, कम्पनीले डिजिटल विज्ञापनको महत्त्व बुझेर विभिन्न ब्रान्डहरूलाई आफ्नो सेवामा समाहित गर्यो।।

ब्रान्ड लजिकका संस्थापक र प्रमुख कार्यकारी अधिकृत रोशन निरौलाले ४ जना कर्मचारीको सानो टिमसहित विभिन्न ब्रान्डहरूलाई डिजिटल विज्ञापनमा लगानी गर्न प्रेरित गरे। जसलाई विभिन्न स्वदेशी र बहुराष्ट्रिय कम्पनीहरूले बिश्वाश गरे।

नयाँ पुस्तालाई अन्तर्राष्ट्रिय स्तरको सामग्री (कन्टेन्ट) दिने उद्देश्यले ब्रान्ड लजिकले सिर्जनात्मक विज्ञापनहरू निर्माण गर्दै सर्वसाधारणको मन जित्न सफल भयो। कम्पनीले गुणात्मक र संख्यात्मक दुबै दृष्टिले उल्लेखनीय प्रगति गरेको छ। डिजिटल ब्रान्डिङमा आफ्नो प्रभाब बनाएपछि, कम्पनीले मोशन ग्राफिक्स र टेलिभिजन विज्ञापन निर्माणमा समेत काम सुरु गर्‍यो।

ब्रान्ड लजिकले बनाएको सुरुवाती ‘सिद्ध बाबा रिफाइन्ड तेल’ को जनचेतनामूलक विज्ञापन ‘अन्न नफालौं’ले सर्वसाधारणको मन जित्न सफल भयो। कथा र विज्ञापनको संयोजन गर्ने यो नयाँ प्रयासले ब्रान्ड लजिकलाई थप लोकप्रिय बनायो, जसपछि विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय कम्पनीहरू पनि विज्ञापन निर्माणका लागि ब्रान्ड लजिकसँग आबद्ध भए।

दुई वर्षअघि, ब्रान्ड लजिकले ‘माई पे’ डिजिटल वालेटका लागि निर्माण गरेको ‘इभोलुसन अफ मनी’ शीर्षकको विज्ञापनले कम्पनीलाई नयाँ उचाइमा पुर्‍यायो। यो विज्ञापनले पुरातन कालदेखि आधुनिक क्यूआर प्रणालीसम्म पैसा र लेनदेनका शैलीहरूमा आएको परिवर्तनलाई प्रभावकारी ढंगले प्रस्तुत गरेको थियो।

हालसम्म ब्रान्ड लजिकले ३५ वटा टेलिभिजन विज्ञापन निर्माण गरिसकेको छ। ती विज्ञापनहरूले जीवनका साना तर महत्वपूर्ण घटनाहरूलाई सिर्जनात्मक ढंगले प्रस्तुत गरेका छन्। कम्पनीले अहिले देशभरका २०० भन्दा बढी कम्पनी र ब्रान्डहरूलाई डिजिटल मार्केटिङमा सहयोग गर्दै आएको छ। नेपालका ३२ भन्दा बढी कर्पोरेटहरू प्रत्यक्ष रूपमा ब्रान्ड लजिकको सेवा लिइरहेका छन्। साथै, बंगलादेश, भारत, अमेरिका, मलेसिया, र दुबईका १० ठूला ब्राण्डहरूले पनि ब्रान्ड लजिकलाई विश्वास गरेका छन्।

अब, एनपीएलको कमर्शियल राइट्स को जिम्मेवारीसहित, ब्रान्ड लजिकले यो लिगलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। यसले लिगको ब्रान्डिङलाई नयाँ उचाइमा पुर्‍याएर देशभर र अन्तर्राष्ट्रिय रूपमा खेलप्रेमीहरूलाई आकर्षित गर्न मुख्य भूमिका निर्वाह गर्नेछ।