५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय सेनाध्यक्ष नरवणे सगरमाथाको दृश्य अवलोकन गर्न खुम्बु पासाङल्हामु जाँदै



अ+ अ-

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल भ्रमणको क्रममा आज सोलुखुम्बु जाने भएका छन् ।  शुक्रवार विहान उनि सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका जाने अनौपचारीक कार्यक्रम तय गरिएको हो । नरवणेको सोलुखुम्बु भ्रमणको कार्यक्रम नेपाली सेनाले सार्वजनिक गरेको छैन ।

सैन्य स्रोतको अनुसार खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा रहेको होटल एभरेष्ट भ्यू बाट नरवणेले सर्वोच्च शिखर सगरमाथाको दृश्य अवलोकन गर्ने होटल एभरेष्ट भ्यूमा ब्रेकफास्ट कार्यक्रम राखिएको छ । छोटो सयम दृश्यावलोकन पछि उनि नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं फर्कनेछन् ।

खुम्बु पासाङल्हामु गाउँपालिका–५ को नाम्चेबजार बाट  पैदल हिँडेर सो होटलमा करिब १ घण्टामा पुगिन्छ ।