५ कार्तिक २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको सुरुवाती–११ सार्वजनिक, सावित्रा बेञ्चमा



अ+ अ-

काठमाडौँ । साफ महिला च्याम्पियशिप फुटबलमा आज आयोजक नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ ।

समूह ‘बी’ अन्तर्गतको यो खेल बेलुकी साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुरू हुने खेलको नेपालको सुरुवाती–११ सार्वजनिक भएको छ ।

फरवार्ड सावित्रा भण्डारी बेञ्चमा रहेकी छन् । यस्तै, गोलकिपरमा अञ्जना राना मगरलाई उतारिएको छ । नेपाल पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो ।