३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सहकारी ठगी प्रकरण : राजनीतिक अस्त्र नबनाऊ

सहकारी ठगी प्रकरण : राजनीतिक अस्त्र नबनाऊ
अ+ अ-

काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गोर्खा मिडियाका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने पक्राउ परेपछि अहिले यसलाई राजनीतिक रंग दिने प्रयास भइरहेको छ । रास्वपाका कार्यकर्ताहरु सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा लामिछानेलाई पक्राउ गरेको आरोप लगाइरहेका छन् । सरकारले त्यसको बचाउ गरिरहेको छ ।

लामिछानेमाथि सहकारी ठगीमा मात्र नभएर संगठित अपराधमा अनु्सन्धान सुरु भएको छ । प्रहरीले सरकारी वकिलको रोहवरमा उनीसँग बयान लिँदै छ । तर राजनीतिमा जोडिएका अन्य केही व्यक्तिमाथि अनुसन्धान सुरु नै भएको छैन । फरार रहेकाहरुको खोजीका लागि सरकारले सक्रियता बढाएको छैन ।

सहकारी ठगीमा संलग्नको आरोपमा प्रहरीले करिब एक दशकमा ६ सय ६९ जनालाई पक्राउ गरेको छ भने १ हजार ५ सय ४० जना फरार छन् । रकम अपचलनमा पक्राउ पर्ने र फरारमध्ये धेरैजसो राजनीतिक पहुँच भएका व्यक्ति छन् ।

पछिल्लो समय पक्राउ परेका लामिछाने पूर्वगृहमन्त्री भइरहेका व्यक्ति हुने । पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको साहारा र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत जीबी राई अध्यक्ष र लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा ल्याएर हिनामिना गरिएको आरोप उनीमाथि छ । गोर्खा मिडियाका अध्यक्ष राई फरार छन् भने सञ्चालक कुमार रम्तेल पुर्पक्षका लागि कास्की कारागारमा छन् । त्यस्तै कम्पनीकै तत्कालीन सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशी एक महिनादेखि कास्की प्रहरीको हिरासतमा छन् ।

बचत अपचलनमा पक्राउ परेका सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ हाल भैरहवा कारागारमा छन् ।

सहकारी ठगीकै आरोपमा तीन साताअघि पक्राउ परेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । एमालेबाट दुई पटक मेयरमा निर्वाचित उनी इमेल सहकारीको बचत डुबाएर २०८० जेठदेखि फरार थिए । २०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीविरुद्ध ‘रेड नोटिस’ जारी गरेको थियो । नेपाल प्रहरीको अनुरोधमा भारतीय प्रहरीले उनलाई नयाँदिल्लीबाट पक्राउ गरेको थियो ।

नवलपरासीको छिपछिपे, चितवनको सनराइज र बर्दियाको नमस्ते सहकारीको बचत गैरकानुनी रूपमा बर्दियाको कृष्णसार रिसोर्टमा लगेर हिनामिना गरिएको थियो । प्रहरीले सहकारी सञ्चालकहरूसँगै रिसोर्टकी सञ्चालक तथा राप्रपा सांसद गीता बस्नेतविरुद्ध मुद्दा दायर गरेको छ । पक्राउ पुर्जी जारी भएपछि पाँच महिनादेखि उनी फरार छिन् ।

सहकारी मात्र होइन, सिभिल बैंक नै सञ्चालन गरेका पूर्वसांसद इच्छाराज तामाङ डिल्लीबजार कारागारमा छन् । एमालेको पूर्वसांसदसमेत रहेका तामाङले सिभिल सहकारीको करिब ८ अर्ब बचत अपचलन गरेका थिए, सम्पत्ति शुद्धीकरणमा समेत दोषी ठहर भएका उनी अदालतले तोकेको सजाय भुक्तान गरिरहेका छन् ।

काठमाडौंको कुनै बेलाको चर्चित कान्तिपुर सेभिङ्स एन्ड क्रेडिट कोअपरेटिभ (सहकारी संस्था) का अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरी र सञ्चालक चन्द्रबहादुर (सीबी) लामा अहिले डिल्लीबजार कारागारमा छन् । २०७० को निर्वाचनमा काभ्रेबाट कांग्रेसको उम्मेदवार रहेका सीबी नेतृत्वको सहकारीमा करिब ८ अर्ब रुपैयाँ हिनामिना भएको छ । लामा पशुपति सहकारीको बचत अपचलनमा पनि जोडिएका छन् ।

राष्ट्रिय सहकारी बैंक र आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर (केबी) उप्रेती डिल्लीबजार कारागारमा छन् । उनी एमालेको केन्द्रीय सहकारी विभागमा थिए । उनी नेतृत्वको संस्थाबाट बचतकर्ताको ६ अर्ब २६ करोड ८५ लाख बचत अपचलन भएको छ ।

सहकारीको बचत अपचलनमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको नाम चर्चामा छ । उनीमाथि छानबिन गरी कारबाही गर्न संसदीय विशेष समितिले सिफारिससमेत गरेको छ । तर सरकारले अहिलेसम्म धनराजमाथि कुनै अनुसन्धान सुरु गरेको छैन । यसैरी नेकपा एमालेका सांसद तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरलको नाम पनि सहकारी प्रकरणमा जोडिएको छ । उनीमाथि पनि अनुसन्धान भएको छैन ।

सरकारले अहिले रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउँदा कांग्रेस र एमालेका नेताहरुमाथि पनि अनुसन्धान गर्नुपर्ने माग बढिरहेको छ । सहकारी प्रकरणलाई राजनीतिक अस्त्र मात्र बनाउने भन्दा पनि पीडितको बचत फिर्ता गर्ने र दोषीलाई कारबाही गर्नेगरी छानबिन र अनुसन्धान गरी न्यायिक प्रक्रियामा लैजान विलम्ब गर्नु हुँदैन ।