प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे, (PVSM, AVSM, SM, VSM, ADC) तीनदिने औपचारिक भ्रमण सम्पन्न गरि आज मिति २०७७ कार्तिक २१ गते स्वदेश फिर्ता हुनु भएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रभुराम शर्माले बिदाई गर्नु भएको थियो ।











