२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला साफ च्याम्पियनशिपमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दै



अ+ अ-

काठमाडौँ । महिला साफ च्याम्पियनशिप अन्तर्गत नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भुटानबीचको खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे सुरु हुनेछ ।

यसअघि आजै दिउँसो साढे १ बजे श्रीलङ्का र माल्दिभ्स पनि भिड्दैछन् । हिजो भएको उद्घाटन खलमा भारतले पाकिस्तानलाई ५–२ गोलले हराएर विजयी शुरुवात गरेको छ ।

महिला साफ च्याम्पियनशिपमा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश गरी सात देशले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिता कात्तिक १४ गतेसम्म चल्ने छ ।

नेपालले अहिलेसम्म पाँच पटक साफ महिला च्याम्पियनशिपको फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन ।

महिला साफ च्याम्पियनशिपको सबैभन्दा सफल टोली भारत रहेको छ । उसले पाँच पटक उपाधि जितेको छ । यस्तै बङ्गलादेशले एक पटक उपाधि उचालेको छ ।