११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै
तपाईं के खोज्दै हुनुहुन्छ ?

धितोपत्र बोर्डद्वारा ५ ओटा कम्पनीको आईपीओ अनुमति दिने तयारी



अ+ अ-

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले पाँच महीनापछि एकै पटक पाँच ओटा कम्पनीहरुलाई आईपीओ निष्कासनको अनुमति दिने तयारी गरेको छ । गत साउन १४ गते बुद्धभुमि नेपाल हाइड्रोपावरलाई आईपीओ निष्कासन गर्न अनुमति दिएपछि रोकिएको आईपीओ स्वीकृतिको प्रक्रियाले अब निरन्तरता पाउने भएको हो । 

धितोपत्र बोर्डका अनुसार बलेफी हाइड्रोपावर कम्पनी, ग्रीन भेन्चरस् लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्कासनको अनुमति दिने तयारी गरिएको छ ।

ती कम्पनीहरुको आईपीओ स्वीकृतिका लागि धितोपत्र सूचीकरण र आव्हानपत्र स्वीकृतिको काम बाँकी रहेको बोर्डका उप – कार्यकारी निर्देशक रुपेश केसीले जानकारी दिनुभयो ।

हाल धितोपत्र बोर्डमा यी पाँच ओटा कम्पनीहरुसहित ३१ ओटा कम्पनीहरु आईपीओ स्वीकृतिको पर्खाइमा रहेका छन् ।  नियामक निकाय नेपाल धितोपत्र बोर्डमा अध्यक्ष पद रिक्त रहँदा आईपीओ स्वीकृति प्रक्रियामा पनि ढिलाई भएको हो ।