२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै News Polar भ्रष्टाचारविरुद्धको महासन्धि कार्यान्वयनबारे सबै जिल्लामा अनुगमन गरिने News Polar हुलाक सेवालाई सरकारी कुरियरका रूपमा विकास गर्ने सरकारको योजना प्रभावकारी बन्दै : सञ्चारमन्त्री तिमिल्सिना News Polar मुगुका २० बालिकालाई शान्ति समाजद्वारा छात्रवृत्ति News Polar बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन समस्या News Polar काठमाडौं महानगरले सम्यक महादान परम्परालाई पुनर्जीवित गर्ने News Polar खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित News Polar निर्माण व्यवसायी महासंघद्वारा पूर्वअध्यक्ष गौचनको नवौँ स्मृति सभा News Polar काठमाडौं जिल्ला अदालत पुगेर रवि लामिछानेले बुझे तारेख News Polar प्रसारण शुल्क महँगो भएको भन्दै पुनर्विचार गर्न इप्पानको माग News Polar लामो समयदेखि अलपत्र लालबकैया पुल सञ्चालनमा आउने चरणमा News Polar कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो News Polar भोटेकोशी विपत्तिका ४५ दिनः बगेको बस्ती, हराएको चैन News Polar हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित News Polar पशुपति शर्मा लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध News Polar दुर्गमदेखि विपन्न समुदायसम्म सहुलियतपूर्ण ऊर्जा कर्जा दिइने, दिगो ऊर्जा कोष स्थापना गर्ने प्रस्ताव News Polar हुम्लाकाे सिमकोट बजारमा म्याद गुज्रिएका खाद्यवस्तु फेला News Polar भोटेकोशी बाढी प्रभावितलाई तीन संस्थाद्वारा ३५ लाख सहयोग News Polar भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद News Polar काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो

इन्टरनेट सेवाबारे सेवाग्राहीहरुको ठूलो गुनासो छ –संञ्चारमन्त्री गुरुङ्ग

इन्टरनेट सेवाबारे सेवाग्राहीहरुको ठूलो गुनासो छ –संञ्चारमन्त्री गुरुङ्ग
अ अ+ अ-

काठमाडौ  । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले इन्टरनेट सेवामा देखिएका सबै समस्या तत्काल समाधान गर्न मातहतका निकायलाई निर्देशन दिनु भएको छ । 
सरकारका प्रवक्ता समेत रहनु भएका सञ्चारमन्त्री गुरुङले सेवाग्राहीहरुको गुनासो तत्काल सम्बोधन हुनेगरी इन्टरनेट सेवाको व्यवस्था मिलाउन नेपाल दूर सञ्चार प्राधिकरण, नेपाल टेलिकम, राष्ट्रिय सूचना प्रविधि केन्द्रसहितका सम्बद्ध निकायलाई सचेत गराउनु भएको हो ।

‘इन्टरनेट सेवाबारे सेवाग्राहीहरुको ठूलो गुनासो छ,’ सोमबार सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रको अनुगमन गर्ने क्रममा मन्त्री गुरुङले भन्नु भयो,‘सेवाग्राहीको गुनासो तत्काल सम्बोधन गर्न सम्बन्धित निकायलाई आग्रह गर्दछु ।’ उहाँले हरेक विद्यालय तहमा इन्टरनेट सेवाको विस्तार गर्ने निर्णय कार्यान्वयनमा ढिलाई गर्न नहुने पनि स्पष्ट पार्नु भयो । मन्त्री गुरुङले मुलुकलाई समृद्ध बनाउने गरी सूचना प्रविधिको विकास गर्न जरुरी रहेको बताउनु भयो ।

चीन, भारत, दक्षिण कोरियालगायतका मुलुक सूचना प्रविधिको विकासबाट सबल राष्ट्र बन्न सफल भएको दृष्टान्त पेश गर्दै उहाँले त्यसबाट सिकेर प्रविधिको विकास हुने गरी १० वर्षे कार्य योजना बनाएर अघि बढन राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई आग्रह गर्नु भयो । त्यसका लागि आवश्यक कार्यविधि, निर्देशिका, ऐन, नियमको आवश्यक व्यवस्था मिलाउन आफू तयार रहेको सञ्चारमन्त्री गुरुङको भनाई थियो । 
मन्त्री गुरुङले सूचना प्रविधिको विकासमा योगदान पु¥याउने गरी ‘थिंक टयाङ्क’को निर्माण तथा अनुसन्धानको काममा केन्द्रित हुन पनि सम्बन्धित क्षेत्रलाई विशेष ध्यान दिन आग्रह गर्नु भयो । उहाँले सूचना प्रविधिको क्षेत्रमा कार्यरत सरकारी निकायले निजी क्षेत्रसँगको प्रतिस्पर्धामा अबल हुने गरी थप सेवा विस्तारको कामलाई अघि बढाउन ढिलाई गर्न नहुने उल्लेख गर्नु भयो । मन्त्री गुरुङले कसैले गुनासो नगर्ने गरी ‘नागरिक एप्स’ संचालन गर्नुपर्ने बताउनु भयो ।

सूचना प्रविधिको विकासका लागि त्यस क्षेत्रका विज्ञहरुको सुझावलाई ध्यानमा राखेर कार्यक्रम बनाउनुपर्ने आवश्यक्ता औंल्याउँदै मन्त्री गुरुङले त्यसका लागि बजेटको अभाव हुन नदिने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।
सो अवसरमा बोल्दै मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले सूचना प्रविधिको विकास दु्रत गतिका साथ हुने गरी काम गर्न केन्द्रका कर्मचारीहरुलाई आग्रह गर्नु भएको थियो भने कार्यकारी निर्देशक सुनिल पौडेलले चालु आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे मन्त्री गुरुङलाई जानकारी गराउनु भएको थियो ।