५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मातृकाप्रसाद कोइरालाको ‘कोशीको कथा’ पुनः प्रकाशित



अ+ अ-

काठमाण्डौ । पब्लिकेसन्स नेपालयले आफ्नो क्लासिक्स् शृङ्खला अन्तर्गत् २०२० मा मातृकाप्रसाद कोइरालाको निबन्ध सँग्रह ‘कोशीको कथा’ लाई नयाँ कलेबरमा प्रकाशित गरेको छ । प्रतिभा पुरस्कार प्रतिष्ठान, विराटनगरले वि सं २०४६ मा प्रथम पटक प्रकाशित गरेको यो पुस्तक लामो समयदेखि बजारमा उपलब्ध थिएन । किताबका बारेमा दिवंगत लेखक मातृकाप्रसादका छोरा लेखक कमल कोइराला भन्छन्  ‘यो किताब केहि समय देखि बजारमा उपलब्ध थिएन ।

केही दशकपछि पुस्तकले पाठकसामु आउने बाटो भेटेकोमा मलाई एकदम खुशी लागेको छ । यो पुस्तकले कोइराला परिवारको व्यक्तिगत निर्वासनका बारेमा खुलासा गर्छ,  त्योभन्दा पनि महत्वपूर्ण यसले कोशी नदीको मानवशास्त्रीय पक्षलाई कोट्याउँदै नदी आसपासका वासिन्दाहरूको कथा भन्नेछ । कोशी उतिबेला बिहारको श्राप थियो तर अब वरदान भएको कुरा उनीहरू नै बताउँछन् । कोशीमा धेरै पानी बगिसक्यो तर यी कथाहरू मानवीय दुःखको चित्रण र आशाको खोजीका निम्ति अझै कालजयी छन् ।’ 

यस सँग्रहका नौवटा निबन्धहरू कोशीको किनार आसपास घुम्छन् र यदाकदा भारतसम्म पुग्छन् जहाँ परिवारसहित राजनैतिक निर्वासनका बखत लेखकको बाल्यकालको महत्वपूर्ण समय गुज्रेको थियो । सात सालका क्रान्तिताका नेपाली कांग्रेसका 'सुप्रीम कमाण्डर' तथा क्रान्तिपछिको गैर राणा सरकारको पहिलो प्रधानमन्त्री मातृकप्रसाद कोईराला सोभन्दा अगाडीदेखी नै साहित्यकारका रूपमा परिचित थिए । प्रस्तुत पुस्तक कोशी वा पौराणिक कौशिकी नदीवरिपरिका विषयवस्तु र जातिउपर लेखिएका निबन्ध तथा प्रबन्धहरुको सँगालो हो । कतै अन्वेषणात्मक त कतै निजात्मक शैलीमा लेखिएका यी कथ्यहरूले पुराण, विज्ञान, सामाजिक न्याय, राजनीतिदेखी लिएर, वि स्ं २०११ सालको कोशी ९ सन्धी प्रकरणसम्मको विषयलाई समेटेका छन् ।

कोशी सन्धी कोईरालाको राजनैतिक जीवनको सबैभन्दा विवादस्पद पाटो रह्यो । प्रवासमा होस् या स्वदेशमा, सधैं कोशी सन्निकट रहेका कोईरालाले यसको महत्ता र विभिषिका दुबै देखे । मातृकाप्रसाद कोईरालाद्वारा लिखित ‘कोशीको कथा’, समाजशास्त्रीय तथा राजनैतिक हिसाबले पठनीय छदै छन्, भाषा र वाङ्मयका दृष्टिकोणले पनि ओजपूर्ण छन् । नेपालय क्लासिक्स् अन्तर्गत् नेपालय पब्लिकेसन्सले प्रसिद्ध नेपाली लेखकहरूको अप्रकाशित वा आउट(अफ)प्रीन्ट साहित्यिक कृतिहरू प्रकाशित गर्दै आएको छ ।

यही शृङखला अन्तर्गत् हालसम्म, नेपालयले ब्रह्म शमशेरको ‘नेपालको महाभुकम्प’, लेखनाथ पौड्यालको ‘कवि शिरोमणि रचनावली’ र मंजुलको ‘सम्झनाका पाइलाहरू’ प्रकाशित गरिसकेको छ ।
‘कोशीको कथा’ नेपाली बजारका निम्ति रु. २९५ मा उपलब्ध छ । यो पुस्तक नेपालका प्रमुख पुस्तक पसलहरूमा उपलब्ध हुनेछ । पुस्तकलाई ई बुकका रुपमा थुप्रै डट कम  www.thuprai.com बाट किन्न सकिने छ साथै अमेजनमार्फत् विश्वभर उपलब्ध छ ।