९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित

मोरङमा कोरोना सङ्क्रमणबाट १० को मृत्यु

मोरङमा कोरोना सङ्क्रमणबाट १० को मृत्यु
अ अ+ अ-

मोरङ । मोरङमा पछिल्लो १८ घण्टाका अवधिमा कोरोना सङ्क्रमणबाट १० जनाको मृत्यु भएको छ । विराटनगरका विभिन्न अस्पतालमा आठ र दुई जनाको होम आइसोलेसनमा मृत्यु भएको छ । मृत्यु हुनेमा आठ पुरुष र दुई महिला रहेका छन् । विराटनगरको नोबेल शिक्षण अस्पतालमा आज पाँचजना कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ भने कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा दुई, न्यूरो कोभिड अस्पतालमा एक र होम आइसोलेसनमा दुईजनाको मृत्यु भएको हो । नोबेल शिक्षण अस्पतालमा तेह्रथुमको म्याङ्लुङ–१० का ५७ वर्षीय सङ्क्रमित पुरुषको आज मृत्यु भएको छ । मृतकलाई कोरोना पुष्टि भएपछि यही कात्तिक २२ गते उपचारका लागि भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो । सोही अस्पतालमा झापा गौरादह–५ का ६५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

मृतकको पोजेटिभ रिपोर्ट आएपछि उपचारका लागि यही कात्तिक १३ गते अस्पताल भर्ना गरिएको थियो । यस्तै झापाको हल्दिबारी–४ का ७० वर्षीय सङ्क्रमित पुरुषलाई यही कात्तिक १५ गते उपचारका लागि नोबेल अस्पताल भर्ना गरिएकामा आज मृत्यु भएको छ भने उदयपुरको त्रियुगा–३ का २१ वर्षीय सङ्क्रमित युवाको उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको छ । मृतक युवालाई कोरोना पोजिटिभ आएपछि यही कात्तिक २२ गते उपचारका लागि भर्ना गरिएका  प्रबन्धक दाहालले बताए । नोबेलमा मोरङको रतुवामाई नगरपालिका–९ का ७७ वर्षीय सङ्क्रमित वृद्ध पुरुषको मृत्यु भएको छ । मृतकलाई यही कात्तिक २२ गते उपचारका लागि अस्पताल भर्ना गरिएका थियो । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा सुनसरी इटहरी–५ का ६९ वर्षीया वृद्धा महिलाको मृत्यु भएको केन्द्रका प्रमुख व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । मृतकलाई  कात्तिक १३ गते पोजिटिभ आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

त्यस्तै, सोही केन्द्रमा विराटनगर–३ का ७७ वर्षीय वृद्ध पुरुषको पनि उपचारका लागि भर्ना गरिएकामा मृत्यु भएको छ । मृतकलाई कोरोना पुष्टि भएपछि यही कात्तिक २२ गते केन्द्रमा भर्ना गरिएको थियो । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ की ७७ वर्षीया वृद्धा महिलाको आफ्नै घरमा मृत्यु भएको छ । मृतकलाईको यही कात्तिक २४ पोजिटिभ देखिएको र होम आइसोलेसनमा बसेको नगरपालिकाले जनाएको छ । विराटनगर–३ का ८९ वर्षीय सङ्क्रमित पुरुषको होम आइसोलेसनमा सोमबार राति मृत्यु भएको छ । कोरोना सङ्क्रमणपछि मृतक होम आइसोलेसनमा बसेका परिवारले जनाएको छ । न्यूरो कोभिड अस्पताल विराटनगरमा मोरङको कटहरी–२ का ५० वर्षीय पुरुषको सोमबार राति  मृत्यु भएको छ ।मृतकलाई यही कात्तिक २१ उपचारका लागि भर्ना गरेको दिन पोजिटिभ देखिएको  अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले बताए । मृतकहरुमा ज्वरो, निमोनिया, श्वासप्रश्वास, उच्च रक्तचाप, फोक्सो, मिर्गौला र मुटुसम्बन्धी पुरानै समस्या रहेको थियो ।