काठमाडौ । अमेरिकाकी सेनाबाट नेपाली सेनालाई ६ थान डुगां सहयोग स्वरुप प्रदान गरेको छ । यसै गरी चार थान मिस्टरल राफ्ट्स पनि सहयोग स्वरुप उपलब्ध गराएको छ । अमेरिकाका सैनिक सहचारी जेन मट्टा शोभा र भाईकल पिट ब्हाइटले नेपाली सेनाका महासेनानी राजेन्द्र मणि गिरीलाई उक्त सामाग्रीहरु हस्तान्तरण गर्नु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
सहयोग स्वरुप प्राप्त सामग्रीहरु बाढीरडुवान जस्ता जलउत्पन्न विपद्का समयमा उद्धार तथा राहत कार्यमा बहुउपयोगी हुने विश्वास नेपाली सेनाले लिएको छ ।











