२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज विभिन्न संस्थाबाट रु चार करोड ७९ लाख दश हजार तीन सय ९० सहयोग प्राप्त भएको छ ।

आज नेशनल हाइड्रोपावर विद्युत् कम्पनी ९भारत सरकार० बाट रु एक करोड, प्रभु बैंकबाट रु एक करोड, अरुण तेस्रो पावर कम्पनीबाट रु एक करोड, एभरेष्ट बैंक लिबाट रु ५० लाख, प्राइम बैंकबाट रु ३१ लाख रकम कोषमा सहयोगस्वरुप जम्मा भएको हो ।

त्यस्तै, प्रभु इन्स्योरेन्सबाट रु २५ लाख, प्रमु महालक्ष्मीबाट रु २५ लाख, प्रभु क्यापिटलबाट रु २५ लाख, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीबाट रु १० लाख, इनर्जी ट्रीबाट आठ लाख एकहजार र नवीन कोइराला नुवाकोट हाल अमेरिकाबाट रु पाँच लाख नौहजार तीनसय ९० गरी जम्मा चार करोड ७९ लाख १० हजार तीन सय ९० उक्त कोषमा प्राप्त भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । रासस