५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस नेता गौचनको निधनप्रती सभापति देउवाको शोक व्यक्त



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस नेता एवं पूर्वराज्यमन्त्री ओमकारप्रसाद गौचनको निधनप्रती नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शोक व्यक्त गरेका छन् । उनले समाजिक संजालमार्फत समवेदना प्रकट गरेका छन् । 

सभापति देउवाको शोक वक्तव्य:

''नेपाली कांग्रेसका अग्रज व्यक्तित्व श्री ओमकारप्रसाद गौचनको निधनको खबरले मलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ । स्वर्गीय गौचनले राजनीतिका साथै विकास र सामाजिक क्षेत्रमा पुर्या‍उनु भएको सक्रिय योगदान सदा स्मरणीय रहिरहनेछ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछु ।”

गौचनको बुधबार बिहान काठमाडौंमा उपचारका क्रममा निधन भएहो हो । गौचनको ८५ वर्ष उमेरका थिए । गौचन बाग्लुङ निर्वाचन क्षेत्र नं. ३ बाट सांसद पदमा निर्वाचित भएका थिए ।