९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित

नेपाल र अमेरिका बीचको आर्थिक सहकार्यलाई थप बलियो बनाउने प्रतिबद्धता

नेपाल र अमेरिका बीचको आर्थिक सहकार्यलाई थप बलियो बनाउने प्रतिबद्धता
अ अ+ अ-

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत युवराज खतिवडाले नेपाल र अमेरिका बीचको आर्थिक सहकार्यलाई थप बलियो बनाउने बताउनु भएको छ । संसद्को संसदीय सुनुवाई समितिको बिहिवारको बैठकमा प्रस्ताबित राजदुत खतिवडाले दुई देशबीच भएका सबै सन्धि, सम्झौतालाई प्रभावकारी रूपमा अगाडि बढाउन आफूले प्रभाबकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनु भयो ।

पुर्व अर्थमन्त्री समेत रहनु भएका डा खतिवडाले विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषका केन्द्रीय कार्यालय अमेरिकामा रहेका र ती संस्थामा अमेरिकाको बढि नै प्रभाब रहेका कारण  नेपालमा लगानीका लागि  ल्याउन आफुले पहल गर्ने बताउनु भयो । उहाँले संसदिय सुनुवाईका क्रममा भन्नुभयो  एसियाली विकास बैंकमा पनि अमेरिकी सरकारको कुरा चल्छ , त्यसैले त् त्यहाँबाट पनि लगानी ल्याउन  सहज हुन्छ ।

सुनुवाईका क्रममा खतिवडाले एससीसीका बारेमा सासदहरुले राखेको जिज्ञासाका बारेमा भने प्रष्ट जवाफ दिनु भएन । उहाँले भन्नुभयो –दुई देशबीच भएका सम्झौता कार्यान्वयनमा जोड दिन्छु । विभिन्न तीन मुलुकका राजदुतका लागि सिफारिस भएका व्यक्तिहरुको संसदिय सुनुवाई भै रहेको छ । संसदीय समितिले अनुमोदन गरेपछि उहाँहरुलार्इ राष्ट्रपतिले नियुक्त गर्ने सबैधानीक व्यवस्था रहेको छ ।