१७ आश्विन २०८१, बिहीबार
,
Latest
बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई तहसनहस बनाएपछि भारतको बिहार बाढीको चपेटामा



अ+ अ-

काठमाडौँ । असोज १० र ११ गते आएको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा धनजनको ठुलो क्षति भएको छ । नेपालमा असोज १३ गतेदेखि बाढीको प्रभाव कम हुँदै गइरहेको छ ।

नेपालका विभिन्न भागमा तहसनहस हुने गरी आएको बाढीले अहिले भारतमा ठुलो क्षति गरिरहेको छ । असोज १३–१४ गतेदेखि उत्तर प्रदेश र बिहार बाढीको चपेटामा परेका छन् । बिहारमा १७ जिल्लाको १४.६२ लाख जनसंख्या बाढीको पानीले घेरिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। यहाँका २६९ वटा ग्राम पञ्चायत बाढीबाट पूर्ण रूपमा प्रभावित छन् । नेपालको सीमासँग जोडिएको सात वटा तटबन्धलाई बाढीले भत्काएपछि गाउँ नै बगाएको छ ।

नेपालका बागमती, सप्तकोशी, लालबकैया, गण्डक, बुढीगण्डकी, कमला, बलान, महनन्दा, घांघरा, कन्काइ लगायतका नदीको पानी बिहार पस्ने गरेको छ । त्यसमध्ये सबैभन्दा बढी सप्तकोशी र गण्डकको पानीले बिहारमा क्षति गर्दछ ।

नेपालको पानीबाट भारत विहारको पश्चिम चम्पारण, पूर्वी चम्पारण, सीतामढी, दरभंगा, सहरसा, मधेपुरा, सुपौल, मधुवनी, पूर्णिया, अररिया, किसानगञ्ज, गोपालगञ्ज, सारण, मुजफ्फरपुर, भागलपुर, कटिहार प्रभावित भएका छन् ।

उत्तर प्रदेशको गोरखपुरमा राप्ती नदी खतराको निशानभन्दा माथि बगिरहेको छ । जिल्लाका करिब ३० गाउँमा बाढीको अवस्था छ । कुशीनगरमा भने नारायणी गण्डक नदीको बहाव घटेपछि बाढी प्रभावित गाउँले केही राहत पाएका छन् ।

सन् १९५६ पछि यस्तो बाढी पहिलो पटक देखिएको बिहारका अधिकारीहरू बताउछन् । सन् २००८ मा कोशीको तटबन्ध भत्किएपछि नेपाललगायत बिहारमा धेरै ठुलो धनजनको क्षति भएको थियो । तर त्यतिबेला पनि अहिलेको जस्तो तबाही थिएन ।

नेपालमा बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता छन् । अन्य १६९ जना घाइते भएका छन् । बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ । बाढीपहिरोबाट भएको धनजनको क्षतिको विवरण भने आईसकेको छैन ।