१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रस्तावित प्रधानन्यायाधीश राउतको आज संसदीय सुनुवाइ हुँदै



अ+ अ-

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश र राजदूतहरुको सुनुवाइ गर्न आज संसदीय सुनुवाइ समितिको बैठक बस्ने भएको छ । बैठक दिउँसो २ बजे बस्ने छ ।

बैठकमा प्रस्तावित प्रधानन्यायाधीश र राजदूतहरूको सुनुवाइका विषयमा छलफल हुनेछ । समितिले आज सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका लागि सिफारिस प्रकाशमानसिंह राउतको सुनुवाइ गर्नेछ । जसका लागि राउतलाई समितिको बैठकमा बोलाइएको छ ।

संवैधानिक परिषदको गत भदौ ३१ गतेको बैठकले राउतलाई प्रधानन्यायाधीश तथा सेवा लम्साल र चित्रलेखा यादवलाई क्रमश: बेल्जियम र अष्ट्रेलियाको राजदूतका लागि सिफारिस गरेको थियो ।

समितिले हिजो प्रस्तावित न्यायाधीश र राजदूतद्वयविरुद्ध उजुरी दिएका उजुरीकर्तासँग छलफल गरेको छ । समितिमा प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध ६ र राजदूतद्वय लम्साल र यादवविरुद्ध एक–एक उजुरी परेको छ ।