२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar नेपालको रग्बीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य News Polar गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता News Polar सर्वोच्च अदालतद्वारा सुदूरपश्चिमको बजेटसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार News Polar काँग्रेस महाधिवेशनः सभापतिका उम्मेदवार थापाद्वारा मतदान, ५ हजार ६ सय बढी मत खस्यो News Polar बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो News Polar पोखरामा स्कुल बस दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको पहिचान News Polar व्यवसायमैत्री कानुन निर्माण आवश्यक छ : अध्यक्ष श्रेष्ठ News Polar कांग्रेस महाधिवेशनः मतदानको समय बेलुका ७ बजेसम्म थपियो News Polar साहद्वारा बाढीपीडितलाई ३० लाख रुपैयाँ सहयोग News Polar यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू News Polar मन्त्री गिता चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar कोशी प्रदेशसभामा लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस News Polar दुई जलविद्युत् आयोजनाको २१ अर्बभन्दा बढी लगानी स्वीकृत News Polar इन्टर्नको स्टाइपेन्ड माग आयोगको बैठकमा लैजाने सहमतिः हरिजनले तोडे अनशन News Polar पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो

चिनियाँ आधिकारिक मुखपत्र ग्लोबल टाइम्सको आरोपप्रति नेपाली कांग्रेसको गम्भीर आपत्ति (भिडियाे सहित )

चिनियाँ आधिकारिक मुखपत्र ग्लोबल टाइम्सको आरोपप्रति नेपाली कांग्रेसको गम्भीर आपत्ति  (भिडियाे सहित )
अ अ+ अ-

काठमाण्डौ ।  चिनियाँ आधिकारीक मुखपत्र ग्लोबल टाइम्समा नेपाली कांग्रेसलाई भारतीय पार्टी भनेर लेखेको भन्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले निन्दा गरेको छ ।

बैठकका निर्णयहरु सुनाउँदै कांग्रेस सहमहामन्त्री प्रकाशसरण महतले चिनियाँ आधिकारिक मुखपत्र ग्लोबल टाइम्सले हुम्लाको सिमाना सम्बन्धमा आएको प्रतिवेदनलाई लिएर कांग्रेसलाई भारतीय पार्टीको संज्ञा दिएकाले बैठकले निन्दा गरेको बताउनुभयो ।

उहाँले कांग्रेस पार्टी चीन सरकारसँग राम्रो सम्बन्ध राख्दै आएको र उच्च महत्व दिएको तर राष्ट्रिय स्वाभिमान, राष्ट्रिय अखण्डताका प्रति समर्पित भएको र चीन मात्र नभएर जुनसुकै देशसँगको सम्बन्धमा समस्या देखिए बोल्ने बताउनुभयो । यो विषयमा दुई देशका संयुक्त टोलीले एतिहासिक तथ्यहरु, भोगचलनको तथ्यहरु, सीमा स्तम्भको स्थिति सबैको मुल्याङ्कन गरेर निक्र्यौलमा पुग्न सरकारको ध्यानाकर्षण गराइएको बताउनुभयो ।

यसबाहेक बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट एकता प्रक्रियामार्फत आउनुभएका सुनिल बहादुर थापा लगायतसँग भएको समझदारी अनुसार सहमहामन्त्री एवं केन्द्रीय सदस्य लगायतका पदहरु दिने निर्णय पनि गरेको छ । यससँगै सुनिबलबहादुर थापा कांग्रेसको सहमहामन्त्री बन्नुभएको छ । यस्तै कोभिड संक्रमणका कारण देश आक्रान्त भएको अवस्थामा पनि सरकार बेखबर देखिएको र आफ्नो जिम्मेवारी निर्वाह नगरेको भन्दै जनताको उपचारको हकलाई नजरअन्दाज नगर्न बैठकले माग गरेको छ । कृतिम अभाव, महँगी, कोभिड संक्रमणबाट जनता आक्रान्त भएको अवस्थामा जिम्मेवार बन्न सरकारसँग माग गरिएको पनि सहमहामन्त्री महतले बताउनुभयो । 

यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा देखिएका समस्याहरुमा सैद्धान्तिक सहमति भएको बताउनुभयो । पार्टीलाई विधिसम्बत, विधानको पद्धतिका आधारमा क्रियाशिल सदस्य वितरण गर्ने सहमति भएको पनि बताउनुभयो । यस्तै तिहार लगत्तै कार्यसमिति बैठक बसेर सबै मुद्दाहरुमा छिनोफानो गर्ने कुरामा सहमति भएको पनि वरिष्ठ नेता पौडेलले बताउनुभयो ।