काठमाडौँ । नेपाली सेनाले बाढी पहिरोबाट पिडितको उद्धार कार्य जारी राखेको छ ।
उद्धार कार्यमा निरन्तर खटिएको सेनाले हेलिकप्टरमार्फत काभ्रेपलाञ्चोक जिल्लाको मंगलटार इलाकाबाट १२२ जना, पनौतीबाट ४ जना, तेमाल इलाकाबाट ८ जना तथा सिन्धुपाल्चोक जिल्लाको चौरीदेउराली र दोलालघाट इलाकाबाट ३ जना गरी आइतबार १३७ जनाको सकुशल उद्धार गरेको जनाएको छ ।