१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, शतर्कता अपनाउनु होस्ः कार्यवाहक प्रधानमन्त्री सिंह

नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, शतर्कता अपनाउनु होस्ः कार्यवाहक प्रधानमन्त्री सिंह
अ अ+ अ-

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले विपद्जन्य घटनाबाट जनधनको क्षति हुन नदिन तीन तहकै सरकारले समन्वय गरेर काम गरिरहेको बताउनुभएको छ ।

बिहीवारबाट अविरल जारी वर्षापछि देशभरका विभिन्न स्थानमा ठूलो क्षति पुगिसकेको भन्दै सरकारले आवश्यक पहलकदमी गरिरहेको बताउनुभएको हो ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा कार्यवाहक प्रधानमन्त्री सिंहले अविरल वर्षाका कारण देशका विभिन्न भागमा धेरै ठूलो क्षतिहरु भएको र ठाउँठाउँमा पहिरो, बाढी आइरहेको भन्दै शतर्क रहन आग्रह गर्नुभयो ।

उहाँले सरकारले मोबाइलमा उच्च जोखिम रहेका क्षेत्रका बासिन्दाहरुका लागि सूचना संप्रेषण गर्नुका साथै सञ्चारमाध्यमबाट पनि सूचना जारी गरेको उल्लेख गर्नुभयो । उहाँले सडक सञ्जाल, पुलहरु बाढीले बगाएको र पहिरोका कारण सडक भासिएको हुनसक्ने भन्दै लामो यात्रा नगर्न र धैर्य धारण गरी सुरक्षित स्थानमा रहन आम नागरिकहरुसँग आग्रह गर्नुभयो ।

सरकारको तर्फबाट सबै निकायहरुलाई परिचालित गरेर नागरिकको सुरक्षाका लागि काम गरिरहेको बताउनु भयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसँग टेलिफोन संवाद जारी रहेको र देशको विपद्बारे जानकारी गराएको बताउनु भयो । प्रधानमन्त्री ओलीले सुरक्षा निकायलाई जनताको सुरक्षाका लागि खटाउन र आवश्यक व्यवस्थापन गर्न निर्देशन दिनुभएको जानकारी गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘अविरल वर्षाका कारण देशका विभिन्न भागमा धेरै ठूलो क्षतिहरु ठाउँठाउँमा पहिरोदेखि लिएर बाटोको कटान भएका कारणले र पानीको वहाव अनियन्त्रित रुपमा बढेको कारणले गर्दा अवस्था वर्षातको कारणले नाजुक छ ।

हामी सबै त्यसमा अलर्ट हुनुपर्ने अवस्थामा छ । अहिले खासगरी नेपाल सरकारको तर्फबाट सबै निकायहरुलाई परिचालित गरेर समयसमयमा सामाजिक सञ्जालको मार्फत, सञ्चारमाध्यमको मार्फत सबै ठाउँमा त्यहाँको स्थानीय अवस्थाको बारेमा जानकारी गराउने र अलर्ट हुनुपर्नेलाई सजग हुुनपर्छ भनेर सूचना जारी गरिरहेको छ । वर्षातले गर्दा जनधनको क्षति भएको छ ।

त्यसमा खास गरी यो अवस्थाबाट डिजास्टर म्यानेजमेण्टको समितिले एक्टिभाइज गरी सबैलाई अलर्ट गराउने र त्यसमा पनि सुरक्षा निकायलाई मात्रै होइन, स्थानीय तहबाट पनि र हरेक प्रदेश सरकारले मिलेर अहिलेको वर्षातको कारणले गर्दा जुन समस्या उत्पन्न भएको छ त्यसको समाधान गर्न सबै मिलेर गर्नुपर्छ । सम्माननीय प्रधानमन्त्रीज्युसँग टेलिफोनमा वार्ता भइरहेको छ ।

यहाँको बारेमा अवस्थाको बारेमा जानकार हुनुहुन्छ । सम्बन्धित निकायलाई गृहमन्त्रीदेखि लिएर योसँग सम्बन्धित मन्त्रालय र मन्त्रीलाई बोलाएर कुरा गरेर जनतालाई बढी जनधनको क्षति हुन नदिने काममा आवश्यक काम अघि बढाइरहेका छौँ ।’
कार्यवाहक प्रधानमन्त्री सिंहले जनतालाई सुरक्षित राख्न रर थप क्षति हुन नदिने गरी सरकारले आवश्यक काम गरिरहेको बताउनु भयो ।

बिहीवारदेखि भएको अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित देशभरको जनजीवन प्रभावित भएको छ । उपत्यकाका नदीहरुमा आएको बाढीले जनधनको ठूलो क्षति गरेको छ भने उपत्यकाका सडकहरु जलमग्न छन् ।

नदी किनारका बस्तीहरुमा बाढी पसेको छ । उपत्यका भन्दा बाहिर पनि सडकहरु बाढीले बगाएको छ । जनधनको क्षति भइरहेको छ ।