२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता

एरिका ऐतिहासिक स्वर्णनजिक

एरिका ऐतिहासिक स्वर्णनजिक
अ अ+ अ-

काठमाडौं । नेपालीकी एरिका गुरुङ २० औं एसियाली सिनियर कराते च्याम्पिन्सिपको महिला ६८ केजीमाथि शुक्रबार फाइनलमा प्रवेश गर्दै इतिहास रचेकी छन् । फाइनलमा स्थान सुरक्षित गरेसंगै एरिकाले कम्तीमा रजत पदक पक्का गरेकी छन् । एसियाली सिनियर करातेको विगतका सबै संस्करणसम्म नेपाल पदकविहीन थियो ।

चीनको हाङझावस्थित स्पोर्ट्स सेन्टर जिम्न्याजिममा एरिकाले प्रिक्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल अरिएन्ने ब्रिटोलाई ४–० ले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको टोलीका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् । क्वाटरफाइनलमा एरिकाको प्रतिद्वन्द्वी काजकिस्तानकी सोप्mया बेरुल्टसेभा थिइन् । एरिका र सोप्mयाबीचको खेल १–१ को बराबरीमा टुंगियो । ‘रेफ्री’ निर्णयका आधारमा एरिका विजयी भइन् । पहिलो अंक एरिकाले बटुलेकी थिइन् । सोप्mया तीनै खेलाडी हुन जसले एरिकालाई १९ औं एसियाली खेलकुदको फाइनलमा ३–० ले पराजित गर्दै स्वर्ण जितेकी थिइन् । १९ औं एसियाली खेलकुदको कराते पनि अहिले भइरहेको प्रतियोगिताको हलमै भएको थियो ।

सेमिफाइनलमा एरिकाले थाइल्यान्डकी केवालिन सोङक्लिनलाई ८–० ले पाखा लगाउदै फाइनल यात्रा तय गरिन् । एरिकाले फाइनलमा भियतनामकी नाओन थि नुयेन विरुद्ध आइतबार प्रतिस्पर्धा गर्नेछिन् ।

एरिकाको यो पाँचौ अन्तर्राष्ट्रिय सहभागिता हो । कुनैपनि प्रतियोगितामा एरिका पदकविहीन हुनु परेको छैन । एरिकाले इन्डोनेसियाको जकार्तामा भएको १० औं विश्व सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण, चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत, अमेरिकाको टेक्सास्मा भएको युएस ओपन कराते च्याम्पियन्सिपमा स्वर्ण र रजत तथा भुटानको थिम्पुमा भएको आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् । यि सबै प्रतियोगिता करिब १ वर्षको अवधिमा भएका थिए । सबै प्रतियोगितामा कुशल प्रशिक्षकको भूमिकामा थिए ।

प्रशिक्षक कुशलका अनुसार कुमुतेकै अन्य स्पर्धामा प्रतिस्पर्धा गरेका सबै नेपाली खेलाडी प्रतियोगिताबाट बाहिरिएका छन् । पुरुष ६० केजीमुनि मिनबहादुर तामाङ, ६७ केजीमुनि सन्तोष श्रेष्ठ, ८४ केजीमुनि मोहम्मद शेखु आलम र ८४ केजीमाथि आशिष श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गरेका थिए । महिला ५५ केजीमुनि जिया कार्की तथा ६१ केजीमुनि निरुपा दोङले प्रतिस्पर्धा गरेका थिए ।
महिला टिम कातामा एलिसा रास्कोटी मगर, मेघा लिम्बू र टप्पी थापाले कौशल प्रदर्शन गर्ने छन् । एलिसाले एकल कातामा पनि सहभागिता जनाउने छिन् । पुरुष एकल कातामा स्वनिम मानन्धरले खेल्ने छन् । काता शनिबार हुनेछ ।