काठमाडौं । चर्चित हाँस्यव्यङ्ग्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्थामा सुधार आएको छ । ११ दिनको अस्पताल बसाई पश्चात घर फर्किएर आराम गरिरहेका कलाकार गजुरेलले सामाजिक सञ्जालमा आफ्नो स्वास्थ्य अवस्था स्थिर भएको खुलाएका छन् ।
उनले लेखेका छन्- 'आराम छु, आराम चाहान्छु । तपाईंहरुको शुभकामना र सद्भावको कारण आजको मेरो स्वास्थ्य यस्तो छ 😃 सबैलाई धन्यवाद। सधैंलाई धन्यवाद। '
उनले आफ्नो स्वास्थ्यमा सुधार आउनुको श्रेय आफ्ना सारा सुभचिन्तकहरुलाई दिएका छन् । केहि समयअघि पनि उनले समाजिक सञ्जालमा, अत्यन्तै उच्च स्तरको उपचार सेवा प्रदान गर्ने नेपाल एपिएफ अस्पताल परिवार, परिवारका सम्पुर्ण सदस्यहरु तथा सबै शुभचिन्तकहरुलाई अन्तरमनदेखी नै आभार व्यक्त गरेका थिए ।











