२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar राजधानीमा नेपथ्य साँझ” कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान News Polar दशैँअघि नै सञ्चालनमा ल्याउने गरी आरुघाट पुलमा बेलिब्रिज जडानको काम सुरु News Polar सातै प्रदेशको सहभागितामा विपद् व्यवस्थापन कोष बनाउन मुख्यमन्त्री थापाको प्रस्ताव News Polar बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन News Polar भोटेकोशी बाढीको पाठ : विपद् प्रतिकार्यमा पूर्वतयारी र समन्वयको महत्त्व News Polar मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी News Polar पूर्वाधार विकासमा लगानी बढाउन १ खर्ब अधिकृत पुँजीको कोष स्थापना गर्ने प्रस्ताव News Polar दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो News Polar इजरायलसँग उच्चस्तरीय भ्रमण अघि बढाउने र नेपाली श्रमिकको लागत घटाउने कर्णको प्रतिबद्धता News Polar आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकता दिने सरु जोशीको प्रतिबद्धता News Polar दाताकेन्द्रित सोच त्यागेर राष्ट्रिय हितमा काम गर्न प्रस्तावित राजदूत जोशीलाई चौलागाईंको सुझाव News Polar जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’ News Polar जर्मनका लाकिग प्रश्तावित राजदुत जोशीसमक्ष एमाले सांसदहरूको प्रश्नः ‘श्रम शोषण र व्यापार घाटा न्युनिकरणको कार्ययोजना के छ ?’ News Polar जर्मनीसँग आर्थिक कूटनीति र श्रम सम्झौतालाई प्रभावकारी बनाउने सरु जोशीको प्रतिबद्धता News Polar सरकारका हरेक गतिविधि लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित हुनुपर्छः महासचिव पोखरेल News Polar प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ News Polar सुनचाँदीको मूल्य क्रमशः घट्दै News Polar स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन

१० वर्षकै उमेरमा घर–घर गएर पर्फ्युम बेच्ने गर्थे विवेक ओबराय

१० वर्षकै उमेरमा घर–घर गएर पर्फ्युम बेच्ने गर्थे विवेक ओबराय
file photo
अ अ+ अ-

एजेन्सी । बलिउड अभिनेता विवेक ओबेरोय अभिनयका साथै व्यवसायिक क्षेत्रमा पनि चिनिन्छन् । उनको रियल स्टेट कम्पनी पनि छ ।

यस्तो अवस्थामा विवेकले एक अन्तर्वार्तामा बताए कि कसरी उनका बुबाले उनको बाल्यकालमा नै एक व्यापारीको मानसिकता उनमा बसाएका थिए । जसको फाइदा आज उनले पाइरहेका छन् ।

विवेक ओबेरोयले इन्टरटेनमेन्ट लाइभलाई दिएको अन्तर्वार्तामा भनेका थिए– ‘म १० वर्षको हुँदा बुबाले मलाई एउटा टास्क दिनुभयो । एक महिनापछि बिदामा जाने उहाँले बताउनुभयो । तर त्यसअघि यी चार हप्तामा उनले केही सिक्नुपर्नेछ । मेरो बुवाले मलाई बेच्नका लागि पर्फ्युम दिनुभयो र एउटा डायरी पनि दिनुभयो । म हरेक दिन साइकलमा घर–घर गएर पर्फ्युम बेच्ने गर्थेँ । त्यो समयमा मैले धेरै गल्ती गरे तर धेरै सिकें ।’

विवेक ओबेरोयले सन् २००२ मा फिल्म ‘कम्पनी’ बाट डेब्यु गरेका थिए । यसपछि उनले ‘मस्ती’, ‘ग्रान्ड मस्ती’, ‘शूटआउट एट लोखंडवाला’ जस्ता धेरै फिल्ममा पनि काम गरे । उनको व्यक्तिगत जीवन विशेषगरी ऐश्वर्या राय बच्चनसँगको अफेयर र सलमान खानसँगको विवादले चर्चामा रह्यो । २०१० मा, विवेकले कर्नाटकका पूर्व मन्त्री जीवराज अल्वाकी छोरी प्रियंका अल्वासँग विवाह गरे ।