२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र क्यानडाबीचको खेल एक घण्टा ढिला शुरू हुने



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय शृङ्खलाअन्तर्गत नेपाल र क्यानडाबीचको खेल पूर्वनिर्धारित समयभन्दा एक घण्टा ढिला शुरू हुने भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार क्यानडाको किङ्ग सिटीमा हुने खेल राति पौने ९ बजे शुरू हुने छ । यसअघि यो खेल राति पौने ८ बजे शुरू हुने तय भएको थियो ।

क्यानडामा हुने त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा घरेलु टोली क्यानडा, नेपाल र ओमान छन् ।

आजदेखि शुरू हुन लागेको शृङ्खलामा नेपालले दोस्रो खेलमा पर्सि असोज २ गते ओमानसँग, तेस्रो खेलमा असोज ६ गते क्यानडासँग र चौथो खेलमा असोज ८ गते ओमानसँग खेल्नेछ ।

एकदिवसीय शृङ्खलापछि यी तीन टोलीबीच टी–२० अन्तर्राष्ट्रिय शृङ्खला पनि हुनेछ ।