१ असार २०८३, सोमबार
,
Latest
सङ्घीय निजामती ऐन तत्काल जारी गर्न लोक सेवा आयोगको आग्रह, एकल विश्वविद्यालय सेवा आयोग बनाउन… १८ दिन बितिसक्दा समेत मन्त्रालयगत बजेट विवरण सार्वजनिक नगरिएको भन्दै नेकपाले उठायो सरकारको पारदर्शितामाथि प्रश्न काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८३\०८४ का लागि नीति तथा कार्यक्रम पारित भारतसँग देखिएको चिया निर्यात सम्बन्धि समस्या सरकारले तत्काल सम्बोधन गरोस्ः जयन्तिदेवी राई केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह शिक्षक सरुवासम्बन्धी नयाँ निर्देशन जारी, पदपूर्ति र बढुवा प्रक्रियामा कडाइ खर्च कटौतीका एक दर्जन प्रस्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’ गोकर्णेश्वरवासीलाई केएमसीमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट कर्मचारी छनोटमा योग्यतासँगै नैतिकता र सदाचारिताको परीक्षण आवश्यकः सभापति ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरियाको नयाँ प्रधानमन्त्रीमा जलाली नियुक्त



अ+ अ-

एजेन्सी । सिरियाको नयाँ प्रधानमन्त्रीमा मोहम्मद गाजी जलालीलाई नियुक्त गरिएको छ । सिरियाली राष्ट्रपति बसर अल–असदले शनिबार नयाँ प्रधानमन्त्रीमा जलालीलाई नियुक्त गर्नुभएको हो ।

सिभिल इन्जिनियर तथा अर्थशास्त्रको पृष्ठभूमिबाट आएका ५५ वर्षीय जलालीलाई राष्ट्रपतिको आदेशअनुसार नयाँ मन्त्रिपरिषद् गठनको जिम्मेवारी दिइएको छ । उहाँले हुसेन आर्नोसलाई प्रतिस्थापन गर्नुभएको हो ।

आर्नोसले सन् २०२० देखि प्रधानमन्त्रीका रूपमा काम गर्दै आउनुभएको थियो । आर्नोसको सरकारले जुलाईमा संसदीय चुनावपछि कामचलाउ भूमिकामा काम गरिरहेको थियो ।

यसअघि सन् २०१४ देखि सन् २०१६ सम्म सञ्चारमन्त्री भइसकेका जलालीले इजिप्टको ऐन शम्स विश्वविद्यालयबाट इन्जिनियरिङ र अर्थशास्त्रमा र दमास्कस विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातकोत्तर गर्नुभएको छ ।

नयाँ प्रशासनले सेप्टेम्बर २५ मा सिरियाली जनसभामा आफ्नो नीति तथा कार्यक्रम पेश गर्ने तालिका रहेको छ भने छिट्टै पूर्ण मन्त्रिपरिषद्को आधिकारिक घोषणा हुने अपेक्षा गरिएको छ ।




भर्खरै