४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस सभापति देउवालाई भेट्न पुगे एमालेका नेता



अ+ अ-

काठमाडौं । नेकपा एमालेका बागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराई नेतृत्वको टोलीले आज नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेको छ ।

नदी किनारका जमिन र बस्तीका बिषयमा सर्वोच्च अदालतले गरेको फैसला र काठमाडौं महानगर पालिकाका मेयरले जारी गरेको परिपत्रका सम्बन्धमा ध्यान आकर्षण गराउन डा. भट्टराई नेतृत्वको एमालेको प्रतिनिधिमण्डलले काँग्रेस सभापति देउवालाई बुढानिलकण्ठस्थित निवासमा भेटेको हो ।

भेटमा देउवाले सम्मानित अदालतको फैसलाका कारण उत्पन्न समस्याका बिषयमा सरकार पुनरावलोकनमा जानपर्ने बिषयमा सहमति जनाउँदै कानुन मन्त्रीलाई छिटो भन्दा छिटो पुनरावलोकनमा जानका लागि आवश्यक पहल लिन निर्देशन दिनुभयो ।

भेटमा एमालेका बागमती प्रदेश इञ्चार्ज डा. भट्टराई, काठमाडौं जिल्ला ईन्चार्ज आनन्द पोखरेल, काठमाडौं जिल्लाका अध्यक्ष दीपक निरौला लगायत पदाधिकारीहरुको सहभागिता थियो ।