११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन वैकल्पिक लाइनबाट नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भोटेकोशी बाढीपीडितका लागि कांग्रेसद्वारा सहयोग अभियान भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो निजी हेलिकप्टर उडानमा कडाइ, सरकारी समन्वयबिना खोज तथा उद्धार नगर्न निर्देशन बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

माउन्टेन इनर्जी नेपालको आईपीओ गोलाप्रथाबाट बाँडफाँट,  १ लाख ८३ हजार २६ जनाले पाए १० कित्ताका दरले



अ+ अ-

काठमाडौँ । माउन्टेन इनर्जी नेपालको साधारण शेयर (आईपीओ) आज बुधबारको दिन बाँडफाँट भएको छ । कम्पनीको माग भन्दा धेरै आवेदन परेको हुँदा गोलाप्रथाबाट १ लाख ८३ हजार २६ जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । बाँकी रहेको ५ कित्ता १० कित्ता परेका ५ जनालाई १–१ कित्ताका दरले थप गरिएको हो ।  कम्पनीले १९ करोड ६८ लाख २ हजार ७ सय रुपियाँको प्रति साधारण शेयर रु. १०० अंकित दरको १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयर(आईपीओ) कात्तिक २६ गते निष्काशन खुल्ला भई मंसिर ३ गते बन्द भएको थियो ।

कम्पनीको आईपीओमा कुल १ अर्ब ३९ करोड ४४ लाख ४१ हजार रुपियाँ बराबरको आवेदन परेको थियो । जसमा ६ लाख ७४ हजार जनाले १ करोड ३९ लाख ४४ हजार ४१० कित्ताका लागि आवेदन दिएका थिए । सर्वसाधारको लागि बिक्री खुला गरिएको १८ लाख ३० हजार २ सय ६५ कित्तालाई आधार मान्दा ७.६१ गुणा बढी आवेदन हो ।

कम्पनीले आफ्नो जारी पूँजीको १० प्रतिशत अर्थात १९ करोड ६८ लाख २ हजार ७ सय रुपियाँ बराबको रु. १०० अंकित दरका १९ लाख ६८ हजार २७ कित्ता शेयर मध्ये ३९ हजार ३ सय ६१ कित्ता (२ प्रतिशत) कर्मचारीहरुलाई सुरक्षित गरी र ९८ हजार ४ सय १ कित्ता (५ प्रतिशत) सामुहिक लगानी कोषको लागि बाँडफाँट गरी बाँकी १८ लाख ३० हजार २ सय ६५ कित्ता आईपीओ निष्काशन गरेको हो ।