१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार नेप्से परिसूचक ७० दशमलव ६२ अंकले उकालो, नेपाल दुरसञ्चार कम्पनीको सर्वाधिक कारोबार



अ+ अ-

काठमाडौं । बुधबार पनि शेयर बजार बढ्ने क्रम जारी हुँदै  नेप्से परिसूचक ७० दशमलव ६२ अंक बढेर २ हजार ७१ दशमलव शून्य २ विन्दुमा पुगेको छ। त्यसैगरी सेन्सेटिभ इन्डेक्स ३९६ दशमलव शून्य ४ विन्दुमा पुगेको छ । यो दिन सेन्सेटिभ इन्डेक्स १२ दशमलव २५ अंकले बढेको हो । शेयर बजार कारोबारमा आएका १२ वटा समूहमध्ये व्यापारिक समूह वाहेक सबै समूहको परिसूचक बढेको हो ।

१० प्रतिशत शेयरमूल्य बढ्ने कम्पनीहरुमा मिथिला लघुवित्त, साञ्जेन जलविद्युत, जनउत्थान सामूदायिक लघुवित्त, एनएमबि माइक्रोफाइनान्स, बिजय लघुवित्त, हिमालयन डिष्टिलरी, लक्ष्मी लघुवित्त, नेरुडे लघुवित्त र छिमेक लघुवित्त रहेका छन् । यस दिन अन्य समूहको परिसूचक ८ दशमलव ४ प्रतिशत, लघुवित्तको ७ दशमलव ९५ प्रतिशत, उत्पादन तथा प्रशोधनको ६ दशमलव ६७ प्रतिशत, जलविद्युतको ५ दशमलव ४५ प्रतिशत, जीवन बीमाको ४ दशमलव ९७ प्रतिशत, निर्जीवनको २ दशमलव ४९ प्रतिशत, होटलको २ दशमलव ५५ प्रतिशत, विकास बैंकको १ दशमलव शून्य २ प्रतिशत,  बैंकिङ्क र वित्त समूहको शून्य दशमलव ४२ प्रतिशत र म्यचुअल फण्डको शून्य दशमलव ३९ प्रतिशत बढेको हो । बुधबारको बजारमा अन्य समूह, लघुवित्त समूह र उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । 

बुधबार २०१ ओटा कम्पनीको ६० हजार ८४६ पटकको व्यापारमा रू. ७ अर्ब ३७ करोड ४० लाख १७ हजार बराबरको १ करोड ५४ लाख १६ हजार ३८३ कित्ता शेयर कारोबार भएको छ । बुधबार ९ वटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले र २४ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । १० प्रतिशत शेयरमूल्य बढ्ने कम्पनीहरुमा स्वाबलम्बन लघुवित्त वित्तीय संस्था, आरएमडीसी लघुवित्त वित्तीय संस्था, सबैको लघुवित्त वित्तीय संस्था, बोट्लर्स नेपाल तराई, आशा लघुवित्त, इन्फिनीटी लघुवित्त, स्वरोजगार लघुवित्त,फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था र सूर्या लाइफ इन्स्योरेन्स रहेका छन् ।

यस दिन सर्वाधिक रकमको कारोबार  नेपाल दुरसञ्चार कम्पनीको भएको छ । नेपाल दुरसञ्चार कम्पनीको रू. ४० करोड ७ लाख ८३ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार गरेको उक्त कम्पनीको शेयरमूल्य पनि यो दिन प्रतिकित्ता रू. ११७ ले बृद्धि भएर रू.१ हजार २९२ पुगेको छ ।  त्यस्तै युनिलिभर नेपालको शेयरमूल्य दोहोरो उच्च अंकले बढेर बजारमा सर्वाधिक गिरावट आएको छ । उक्त कम्पनीको शेयरमूल्य ५ दशमलव १९ प्रतिशत अर्थात प्रतिकित्ता रू.१ हजार १०० ले घटेर अन्तिम मूल्य रू.२० हजार १०० कायम भएको हो ।