१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको अन्तिम दिन बिहिबार पहिलो घण्टामा १४.४१ अंकले बढ्यो नेप्से परिसूचक, नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार



symbolic picture
अ+ अ-

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक १४ दशमलव ४१ अंकले बढेको छ । २ हजार ०९० दशमलव ८० विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ७० प्रतिशतले बढेर २ हजार ०८५ दशमलव ४४ विन्दुमा पुगेको छ । पहिलो घण्टाको अवधिमा १९१ ओटा कम्पनीको २० हजार २६० पटकको कारोबारमा ४१ लाख ३३ हजार ६९५ कित्ता शेयरको रू. २ अर्ब ८३ करोड २२ लाख बराबरको खरीदविक्री भएको छ । 

कारोबारको पहिलो घण्टामा अपर तामाकोशी हाइड्रोपावर, सिभिल लघुवित्त र नेपाल सेवा लघुवित्तको शेयरमूल्य क्रमशः ९ दशमलव ९५, ९ दशमलव ८२ र ९ दशमलव १६ प्रतिशतले वृद्धि भएको छ । यस्तै १२ ओटा समूहको परिसूचकमध्ये होटल्स, विकास बैंक, निर्जीवन बीमा, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, व्यापार, वित्त, लघुवित्त, जलविद्युत, उत्पादन तथा प्रशोधन र अन्य समूहको परिसूचक बढेको छ । 

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू। ६७ करोड २ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू। १ हजार ७६० मा कारोबार भइरहेको छ ।