२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पूर्वप्रधानन्यायाधीश जबराको घरमा सम्पत्ति शुद्धीकरणको छापा, आफन्त र निकटस्थ पनि अनुसन्धानको घेरामा News Polar मधेसको शिक्षा क्षेत्रका समस्या पहिचान गरी मन्त्रालयमा पेश गर्न मन्त्री पोखरेलको निर्देशन News Polar धादिङको गजुरी गाउँपालिकाले दसैँमा काठमाडौंमा रहेका गजुरीवासीलाई निःशुल्क यातायात सेवा दिने News Polar मन्त्रिपरिषद्को बैठक आज अपराह्न ४ बजे बस्दै News Polar कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन गर्ने News Polar विमानस्थल निर्माणदेखि सञ्चालनसम्म निजी क्षेत्रलाई सहभागी गराउने कानुनी तयारी News Polar न्यायाधीश नियुक्ति सिफारिसप्रति नेपाल बारको आपत्ति News Polar भुइँ तहका कार्यकर्ताको मूल्यांकनबिना कांग्रेस रूपान्तरण सम्भव छैन : डिला संग्रौला News Polar ‘विशेष महाधिवेशनपछि पनि कांग्रेस रनवेमा अड्कियो, रुपान्तरणको पनि रुपान्तरण चाहिन्छ’ News Polar क्रियाशील सदस्यबाटै वडा तहदेखि केन्द्रसम्म सभापति छानिनुपर्छ : अमरसिंह पुन News Polar संवैधानिक इजलास गठनमा मनोमानी नगर्न नेपाल बारको चेतावनी News Polar स्वास्थ्य परीक्षणदेखि अन्तरपुस्ता ज्ञान हस्तान्तरणसम्मका कार्यक्रम समेटिने News Polar टेलिमेडिसिन सेवा व्यवस्थित र दीगो बनाउन मन्त्री मेहताको जोड News Polar राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत, नयाँ शैक्षिक कार्यक्रम र डिजिटलाइजेशनमा जोड News Polar सरकारको स्वीकृतिबिनै १७ पालिकाले लिए ३३ करोड ८७ लाख आन्तरिक ऋण News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको प्रवर्द्धकमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम News Polar फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ News Polar सामुदायिक वनलाई पर्यटकीयस्थलका रुपमा उपयोग गर्दै बकैया News Polar विपद्पछि पुनःस्थापना र पुनर्निर्माणबारे संसदीय विशेष समितिले थाल्यो स्थलगत अध्ययन News Polar बेतिथिमा संलग्न अस्पताल र चिकित्सकप्रती निर्मम बन्दै सरकार

अमेरिकामा बेपत्ता नर्स ममताका श्रीमान् नरेश अदालतमा पेश, मागे दोभासे

अमेरिकामा बेपत्ता नर्स ममताका श्रीमान् नरेश अदालतमा पेश, मागे दोभासे
अ अ+ अ-

काठमाडौं । अमेरिकाको भर्जिनियाबाट बेपत्ता नेपाली नर्स ममता काफ्लेका श्रीमान् नरेश भाट (भट्ट) लाई शव लुकाएको अभियोगमा पक्राउ गरेर अदालतमा पेश गरिएको छ ।

प्रिन्स विलियम काउन्टी जुभेनाइल एण्ड डोमेस्टिक रिलेशन कोर्टको रेकर्ड अनुशार शुक्रबार विहान ८ बजेर ३१ मिनेटमा उनलाई अदालतमा पेश गरिएको हो । अर्को सुनुवाई अक्टोबर २४ का लागि तय गरिएको छ ।

नरेशमाथि हत्याको अभियोग लगाइएको छ । ३० जुलाई २०२४ वा त्यसको आसपासमा आरोपी नरेशले आफ्नी श्रीमती ममताको हत्या गरेको र घटना उनकै निवासमा भएको प्रहरीले अदालतमा पेश गरेको कागजातमा उल्लेख छ ।

अनुसन्धानको क्रममा उनको मृत्युसँग मिल्दोजुल्दो डिजिटल र फोरेन्सिक प्रमाणहरूको पर्याप्त मात्रा बरामद भएको रिपोर्टमा जनाइएको छ । त्यस्तै शव घरभित्रै रहेको र घरबाट बाहिर घिसारेर निकालिएको प्रमाण भेटिएको पनि अदालती कागजातमा उल्लेख गरिएको छ ।

नरेशले तीनवटा चक्कु र सरसफाइका सामग्री फरक–फरक स्थानबाट खरिद गरेको खुलेको छ । किनेका तीनवटा चक्कुमध्ये २ वटा फेला नपरेको जनाइएको छ । अनुसन्धानकर्ताहरुले मास्टर बेडरूम र बाथरुममा रगतका टाटाजस्ता देखिने प्रमाणहरु पनि फेला परेको छन् ।

पहिलोपटक अदालतमा पेश गर्दा उनी भौतिक रुपमा नै अदालतमा उपस्थीत रहेका थिए । उनले आफू अँग्रेजीमा धेरै धाराप्रवाह नभएको भन्दै नेपाली दोभाषेका लागि अनुरोध गरेका थिए । उनीविरुद्ध शव लुकाएको सम्बन्धमा छैठौं श्रेणीको अपराधको अभियोग लगाइएको छ । भर्जिनियामा यो अभियोगमा कम्तीमा १ बर्षदेखि ५ बर्षसम्म जेल सजाय हुनसक्ने प्रावधान रहेको छ । तर प्रहरीले अभियोगमा संसोधन वा थप हुनसक्ने समेत बताएको छ ।