१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रोकर कमिशन घटाउन माग गर्दै लगानीकर्ता सम्बद्ध संघले घेरे धितोपत्र बोर्ड



अ+ अ-

काठमाडौँ । ब्रोकर कमिशन घटाउन माग गर्दै पूजी बजारका लगानीकर्ता सम्बद्ध संघहरुले आज शुक्रबार नेपाल धितोपत्र बोर्ड घेराउ गरेका छन् । ब्रोकर कमिशन घटाउनका लागि दबाव सृजना गर्ने उदेश्यले कार्यक्रम गरिएको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताउनु भयो । 

नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ, नेपाल पूँजीबजार लगानीकर्ता संघ, नेपाल पूँजी बजार संघ र शेयर लगानीकर्ता दबाव समूह सम्बद्ध लगानीकर्ताहरुले घेराउ गरेका हुन् । लगानीकर्ता सम्वद्ध संघहरुले ब्रोकर कमिसन ०.२५ प्रतिशत मात्रै कायम गर्नुपर्ने माग राख्दै आएका छन् । शेयर बजारमा कारोबार रकम बढेकाले अब पनि ब्रोकर कमिशन नघाटाइनु लगानीकर्तामाथी अन्याय भएको उनीहरुले आरोप लगाउँदै आएका छन् । 

यसैक्रममा लगानीकर्ता सम्बद्ध संघसंस्थाहरुले आजै बोर्डका डेपुटी कार्यकारी निर्देशक मुक्ति श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको छ । ब्रोकर कमिशन घटाएर लगानीकर्ताहरुको लागत कम गरी लगानीकर्ताहरुलाई पूँजी बजारमा लगानी गर्न प्रोत्साहन गर्नु पर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ज्ञापन पत्र बुझ्दै बोर्डका डेपुटी कार्यकारी निर्देशक श्रेष्ठले ब्रोकर कमिशन घटाउने सम्बन्धी अध्ययन प्रतिवेदन नै तयार पारिसकेको र निकट भविष्यमै ब्रोकर कमिशन पुनरावलोकन हुने प्रतिक्रिया दिए । बोर्डका कार्यकारी निर्देशक निरज गिरीले समेत यस सम्बन्धमा अध्ययन प्रतिवेदन तयार भइसकेकाले छिट्नै निर्णय लिइने बताउनु भएको छ ।