२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइतबार पहिलो घण्टामा नेप्से परिसूचक ५९.२७ अंकले ओरालो



अ+ अ-

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक ५९ दशमलव २७ अंकले ओरालो लागेको छ । आइतबार शेयर बजार २ हजार ०५१ दशमलव ५१ विन्दुबाट शुरु भएको कारोबार पहिलो घण्टामा २ दशमलव ८८ प्रतिशतले घटेर १ हजार ९९६ दशमलव १८ विन्दुमा पुगेको छ । 

आइतबार पहिलो घण्टाको अवधिमा १९० ओटा कम्पनीको १९ हजार ७२३ पटकको कारोबारमा ३८ लाख ७४ हजार २५७ कित्ता शेयरको रू. २ अर्ब ३७ करोड ८८ लाख बराबरको खरीदविक्री भएको छ । पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो । जसमध्ये अन्य समूहको परिसूचक सबैभन्दा बढी ४ दशमलव ५५ प्रतिशतले घटेको छ । 

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ४३ करोड बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ६३९ मा कारोबार भइरहेको छ ।