७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाबीच भेटवार्ता भएको छ ।

शनिबार दिउँसो दुई शीर्ष नेताबीच भलाकुसारी भएको हो । भेटमा सरकारले गरिरहेका र गर्नु पर्ने कामका विषयमा कुरा भएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।

सामाजिक सञ्जालमा तस्बिर राख्दै ओलीले लेख्नुभएको छ –
आज शनिबार ! नेपाली कांग्रेसका सभापति, पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो। केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए। सरकारले गरिरहेका र गर्नु पर्ने कामका विषयमा पनि कुरा भए।