११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन वैकल्पिक लाइनबाट नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भोटेकोशी बाढीपीडितका लागि कांग्रेसद्वारा सहयोग अभियान भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो निजी हेलिकप्टर उडानमा कडाइ, सरकारी समन्वयबिना खोज तथा उद्धार नगर्न निर्देशन बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक ०.२४ अंकले ओरालो



अ+ अ-

काठमाडौं । सोमबार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक शून्य दशमलव २४ अंकले घटेर १ हजार ९३१ दशमलव ८७ विन्दुमा पुगेको छ । १ हजार ९२९ दशमलव ४७ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव शून्य १ प्रतिशतले घटेको हो । पहिलो घण्टाको अवधिमा १८५ ओटा कम्पनीको रू.२ अर्ब ६५ करोड २५ लाख बराबरको ४० लाख ६ हजार २९८ कित्ता शेयरको खरीदविक्री भएको छ । उक्त कारोबार २१ हजार ३७८ पटकको व्यापारमा भएको हो ।

कारोबारको पहिलो घण्टामा नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य सबैभन्दा बढी ८ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता शेयरमूल्य रू. ३२४ कायम भएको छ । पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये व्यापार, विकास बैंक, अन्य र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, होटल्स, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, वित्त, निर्जीवन बीमा र लघुवित्त समूहको परिसूचक बढेको छ । यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ५६ करोड ४८ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ४६० मा कारोबार भइरहेको छ ।