२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी



file photo
अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरु भएको छ ।

पार्टी मुख्यालय पेरिस डाँडामा केहीबेरअघि सुरु भएको बैठकमा आज १४ जना नेताले आफ्नो धारणा राख्ने बताईएको छ । स्थायी कमिटी बैठक भोलि नै समापन गर्ने माओवादीको तयारी छ ।

जारी बैठकमा वर्तमान राजनीतिक परिस्थिति, समाजवादी विचारको विकास, पार्टी निर्माण र भावी योजनाबारे खुलाखुलस्त छलफल भइरहेको छ ।

यसपटक अध्यक्ष दाहालले पार्टीभित्र खुला छलफल गराएका छन् । नेतृत्वको समेत खुलेर आलोचना गरिएको छ । कतिपय नेताले त नेतृत्व परिवर्तनको आवाजसमेत उठाएका छन् ।

प्रचण्डले छिट्टै पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी गरेको पनि बुझिएको छ ।