१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नौ अर्ब १० करोडको आइपीओ ल्याउँदै यी कम्पनीहरु



अ+ अ-

काठमाडौं । चार वटा कम्पनीहरुले ९ अर्ब १० करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेका छन् । नेपाल इन्फ्रास्ट्रक्चर बैंक, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी , न्यादी हाइड्रो पावर कम्पनी र महिला लघुवित्त वित्तिय संस्थाले आइपोओको लागि अनुमति मागेका हुन् ।  

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्बको आइपीओ निष्काशन गर्न अनुमति माग्दै मंसिर १९ गते निवेदन दिएको हो । उक्त कम्पनीको एनआइबीएल एस क्यापिटल बिक्रि प्रबन्धकमा रहेको जनाएको छ । ज्योति लाइफले ६६ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्दैछ । ज्योतिको बिक्रि प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । त्यस्तै महिला लघुवित्त वित्तिय संस्थाले ४ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न लागेको छ । उक्त संस्थाको बिक्रि प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट रहेको छ । न्यादी हाइड्रो पावर लिमिटेडले ४० करोड ५० लाख रुपैयाँ बरारबको आइपीओ निष्काशन गर्न लागेको हो । 

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक ठूलो राशीको आइपीओ निकाल्ने तयारीमा रहेको जनाएको छ । त्यस्तै, न्यादी हाइड्रो पावरले पनि आयोजना प्रभावित स्थानीयका लागि आइपीओ निष्काशन गर्न अनुमति मागेको हो।