२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल फाईनान्सको १२५ प्रतिशत हकप्रदका लागि आज आवेदन दिने अन्तिम दिन



अ+ अ-

काठमाडौँ । नेपाल फाईनान्स लिमिटेडको हकप्रद शेयरका लागि आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले कात्तिक ५ गतेसम्म कायम साबिक शेयरधनीहरुका लागि मंसिर ४ गतेदेखि १ शेयर बराबर १ दशमलव २५ शेयरको अनुपातमा हकप्रद शेयर बिक्री निष्काशन खुल्ला गरेको थियो । 

यो हकप्रद शेयर विक्री गर्न कम्पनीले असोज १९ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । हकप्रद शेयर विक्री गर्न भने कम्पनीले गत फागुन २९ गते बोर्डमा निवेदन दिएको थियो । 
यस हकप्रदलाई इक्रा नेपालले इक्राएनपी आईपीओ ग्रेड ५ रेटिङ प्रदान गरेको छ । ग्रेड ५ ले कम्पनीको आधारहरु कमजोर रहेको संकेत गर्दछ । हाल यस कम्पनीको चुक्तापूँजी रू. १३ करोड ५८ लाख १ हजार रहेको छ । हकप्रद पश्चात यो पूँजी रू. ३० करोड ५५ लाख ५१ हजार पुग्नेछ । उक्त हकप्रद बिक्री कार्य आज बैंकिङ समय पछि बन्द गरिने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ।