६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार पहिलो घण्टामा नेप्से परिसूचक २४.२६ अंकले घट्यो, १ अर्ब १७ करोड ९२ लाख बराबरको शेयर खरीदविक्री



अ+ अ-

काठमाडौं । बुधबार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक २४ दशमलव २६ अंकले घटेको छ । २ हजार ००६ दशमलव ४१ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा १ दशमलव २२ प्रतिशतले घटेर १ हजार ९७१ दशमलव शून्य ९ विन्दुमा पुगेको छ । 

पहिलो घण्टाको अवधिमा १८६ ओटा कम्पनीको १२ हजार ०४२ पटकको कारोबारमा २६ लाख ६७ हजार ६५६ कित्ता शेयरको रू. १ अर्ब १७ करोड ९२ लाख बराबरको खरीदविक्री भएको छ । यस अवधिसम्म अपर तामाकोशी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १५ करोड २८ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ५१२ मा कारोबार भइरहेको छ ।

कारोबारको पहिलो घण्टामा नारायणी डेभलपमेण्ट बैंक, साञ्जेन जलविद्युत र रसुवागढी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।  पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये जलविद्युत समूहको परिसूचक ४ दशमलव ५५ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो ।