८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड

पारोका प्रशिक्षक शर्मा भन्छन् – यसपल्ट राम्रो चुनौती दिनेछौं

पारोका प्रशिक्षक शर्मा भन्छन् – यसपल्ट राम्रो चुनौती दिनेछौं
अ+ अ-

काठमाडौँ । पारो एफसीका प्रशिक्षक पुष्पलाल शर्माले यसपटक राम्रो तयारी र बलियो टोलीसहित एएफसी च्यालेन्ज लिग प्लेअफमा आफ्नो टोलीले चुनौती प्रस्तुत गर्ने बताउनुभएको छ ।

आगामी साउन २९ गते दशरथ रंगशालामा भूटानको लिग च्याम्पियन पारो र नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडबीच प्रतिष्पर्धा हुँदैछ । सोही प्लेअफ खेल्न शनिवार नेपाल आइपुगेको पारोका प्रशिक्षक शर्माले यसपटक क्षमतावान स्वदेशी र विदेशी खेलाडी अनुवन्धित गरिएकाले आफ्नो टोली बलियो रहेको विश्वास गर्नुभयो ।

तीन पटक विश्वकप खेलिसकेका जापानिज खेलाडी केइसुके होण्डाको आगमनले अन्य खेलाडीलाई पनि प्रोत्साहन मिलेको उनले उल्लेख गर्नुभयो । प्रशिक्षक शर्माले ट्याक्टिकल रूपमा होण्डाले टोलीलाई मजबुत बनाएको विश्वास व्यक्त गर्नुभयो ।

दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता नपाउँदा पछिल्लो दुई अन्तर्राष्ट्रिय खेल घरेलु मैदानमा हुन सकेको थिएन । अहिले अन्तर्राष्ट्रिय मान्यता फर्किएपछि पहिलोपटक अन्तर्राष्ट्रिय प्रतिष्पर्धा हुन लागेको हो ।

पारोका प्रशिक्षक शर्मा आफ्नो प्रतिद्वन्दी चर्च ब्वाइजका बारेमा राम्रो जानकार हुनुहुन्छ । चर्च ब्वाइजमा अधिकांश राष्ट्रिय टोलीका खेलाडी रहेको र विदेशी खेलाडीकोबारे पनि जानकारी नै रहेको उहाँले बताउनु भयो । पछिल्लो पटक दशरथ रंगशाला खेल्न गाह्रो भएपनि यस पटक ग्राउण्डको कन्डिसन अनुसार तयार भएर आएको उहाँको भनाई छ ।

पारोका कप्तान किन्ले वाङचुकले पछिल्लो भ्रमणमा राम्रो हुन नसकेको उल्लेख गर्दै यसपल्ट तयारी राम्रो भएकाले आफ्नो टोली सकारत्मक लक्ष्यसहित नेपाल आएको बताउनु भयो । अहिले भुटानमा लिग खेलेर आएकाले टोली सन्तुलित रहेको र होण्डाको आगमनले टोली थप मजबुत बनेको उनको विश्वास छ । त्यसैले यसपल्ट जित्नैका लागि आफ्नो टोली आएको पारोको कप्तान वाङचुक बताउनु हुन्छ ।

उनले टोली बनाउन क्लबले धेरै लगानी गरेकाले आफूहरू केही दबाबमा पनि हुने उल्लेख गर्नुभयो । लामो समयदेखिको तयारी र धेरै विदेशी खेलाडी भएकाले पनि प्रदर्शन राम्रो हुने उहाँको आशा छ ।

कप्तान किन्ले आफ्नो टोली कृत्रिम टर्फमा खेलेको र १÷२ दिनको तयारीमा दशरथ रंगशालामा एडजस्ट हुन कठिन हुने बताउनु भयो । चर्च ब्वाइजको बारेमा केही भिडियो हेरेको र नेपाली टोलीमा पनि बलियो रहने उहाँको आशा छ ।

चर्च ब्वाइजले पनि शुक्रवार मात्र पत्रकार सम्मेलन गरेर प्रारम्भिक चरणको खेलमा राम्रो प्रदर्शन गर्ने बताएको थियो । यद्यपि, पारोमा ११ जना विदेशी खेलाडी रहेकाले केही सचेत भएर खेल्नुपर्ने चर्च ब्वाइजका प्रशिक्षकको भनाइ थियो ।

उनले अधिकांश नेपाली सिनियर राष्ट्रिय टोलीमा रहेका खेलाडलाई क्लबमा आवद्ध गरिएको उल्लेख गर्दै टिम कम्बिनेसन पनि राम्रो भैरहेको उल्लेख गरेका थिए । च्यालेन्ज लिग प्लेअफमा चार देशका लिग च्याम्पियनले खेल्दैछन् ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजले भुटानी लिग च्याम्पियन पारो एफसीसँग तथा किर्गिस्तानको लिग च्याम्पियन अब्दिस एटा कान्टले अफगानिस्तानी लिग च्याम्पियन क्लब अट्याक इनर्जीसँग खेल्ने तय छ । दुई विजेताले अघिल्लो चरणको यात्रा तय गर्नेछन् ।

अघिल्लो सिजनमा नेपालको क्लब मच्छिन्द्रले पाराले हराउँदै दोस्रो चरणको यात्रा तय गरेकी थियो । यद्यपि, यस पटक एएफसीले प्रारम्भिक चरणमा जतिपनि विदेशी खेलाडी राख्ने पाउने नियमका कारण केही कठिन हुने चर्च ब्वाइजका प्रशिक्षक महर्जनको भनाइ छ ।

राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङको कप्तानीमा चर्च ब्वाइजले खेल्दै छ । एरिक विष्ट, अञ्जन विष्ट र आयुष घलानजस्ता नेपाली टोलीबाट प्रभावशाली प्रदर्शन गरिसकेका खेलाडीलाई चर्च ब्वाइजले अनुबन्धित गरिसकेको छ । चर्च ब्वाइजमा तीन विदेशी खेलाडी छन् । पारो एफसीले जापानबाट तीन विश्वकप खेलिसकेका केसुकी होन्डालाई अनुबन्धित गरेको छ ।

युरोपियन क्लब एसी मिलानलगायतबाट खेलिसकेका ३८ वर्षे होन्डाले २०१८ देखि २०२३ सम्म कम्बोडियाको राष्ट्रिय टोलीको प्रशिक्षण समालेका थिए ।

पारोले उनीबाहेक सर्बियाका गोलकिपर मिलोस सुपिच, जापानिज विंगर कोकी नारितासँगै सर्बियाका अन्य दुई खेलाडी, नेपालबाट उत्कृष्ट प्रदर्शन गरिसकेका विलियम ओपोकीसहित घानाका तीन खेलाडीलाई टोलीमा समावेश गरेको छ ।

चर्च ब्वाइज युनाइटेडमा अनन्त तामाङ (कप्तान), एरिक विष्ट (उप कप्तान), अञ्जन विष्ट, आयुष घलान, लाकेन लिम्बू, दीप कार्की, टेकेन्द्र सिंह थापा, रेम्बो कुमार चौधरी, सञ्जीव बिष्ट, छिरिङ लामा, सनिश श्रेष्ठ, सौभाग्य राई, सन्तोष खत्री, रोहन कार्की, विवेक पौडेल, निरज चौधरी, एकराज बुढाथोकी, योगेश गुरुङ, मनीषकुमार जर्गा, आदित्य शाक्य, ओमोलाजा नुरेन करीम (नाइजेरिया), पिटर बान्दा (जाम्बिया), मोजेस ग्याबा त्वाम (घाना) छन् । पारोसँगको खेलका लागि जनरल प्यारापिटतर्फ दुई र भिआइपीतर्फ पाँच सय रुपैयाँ टिकट मूल्य तोकिएको क्लबले जानकारी दिएको छ ।