४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभा नेसन्स लिग: भारतले जित्यो उपाधि, नेपाल उपविजेतामै सीमित



अ+ अ-

काठमाडौँ । सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) महिला नेसन्स भलिबल प्रतियोगिताको उपाधि भारतले जितेको छ ।

भर्खरै सम्पन्न फाइनल खेलमा नेपाललाई हराउँदै भारत च्याम्पियन बनेको हो । घरेलु टोलीमाथि ३–२ को सेटमा जित निकाल्दै भारतले उपाधि उचाल्यो ।

पाचौं तथा निर्णायक सेटमा भारतले १५–५ ले जित निकाल्यो ।

पहिलो सेट २५–२३ ले जित निकालेको नेपालले दोस्रो सेट १४–२५ ले गुमाएको थियो । तेस्रो सेटमा २५–२२ ले जित हासिल गरेपनि नेपालले अग्रता जोगाउन सकेन ।

चौथो सेटमा भारतले २५–२१ ले जित निकालेपछि खेल पाचौं सेटमा धकेलिएको थियो ।