२२ मंसिर २०८२, सोमबार
,
Latest
‘जेनजी’ प्रदर्शनका क्रममा भागेका एक व्यक्ति पक्राउ जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी जारी अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनी नेता जेलेन्स्कीको आलोचना, युरोपेली सहयोगीसँग भेट्दै मुख्यमन्त्री शाह र अर्थमन्त्री खनालबीच भेट भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित गुणस्तरीय काम गरे भुक्तानीमा समस्या छैनः मुख्यमन्त्री कँडेल भृकुटीमण्डपमा आगामी पुस ५ गते ‘एकता सन्देश सभा’ नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी पञ्चाङ्ग निर्णायक समितिमा २०८३ सालको पात्रोलाई स्वीकृति दिने प्रक्रिया अवरुद्ध नेताहरुको लुट, भ्रष्टाचार र ऋण आतंकले नेपाल ग्रेलिष्टमा पुग्योः प्रभु साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानलाई सोझो सेटमा हराउँदै नेपाल काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा



अ+ अ-

काठमाडौँ । इरानलाई सोझो सेटमा हराउँदै नेपाल काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

नेपालले बुधवार उपाधिका लागि प्रमुख दाबेदार भारतको सामना गर्नेछ । अब उपाधिको लागि नेपाल एक जित टाढा रहेको छ ।

इरानसँग लिग चरणमा भोगेको हारको बदला लिंदै फाइनलमा पुग्ने सोचमा रहेको नेपालले शुरूवात राम्रो गर्यो । नेपाली टिमले आत्मविश्वासी प्रदर्शनमा पहिलो सेटमा इरानको युवा टोलीलाई २५–२१ ले हरायो । नेपालले खेलमा एक शुन्यको अग्रता बनायो ।

दोस्रो सेट नाटकीय बन्यो । नेपालले एक समय बनाएको ६ अंकको अग्रता गुमाउँदा इरानले २४–२१ को अग्रता बनायो । इरान सेट प्वाइन्टको लागि मात्र एक अंकको खोजीमा थियो । तर नेपालले लगातार तीन अंक जोडेर खेललाई २४–२४ मा पुर्‍यायो । संगठित प्रदर्शनमा नेपालले यो सेट २८–२६ ले जित्दै खेलमा दुई शुन्यको स्पष्ट अग्रता बनायो । तेस्रो सेट शुरूवातमा प्रतिष्पर्धात्मक बन्यो ।

तर नेपालले इरानलाई मौका नै दिएन र २५–२० ले हराउँदै सोझो सेटको जित दर्ज गर्यो । नेपाल लिग चरणमा दोस्रो हुँदै र इरान तेस्रो भएर सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

अब बुधवार नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग उपाधिको लागि प्रतिष्पर्धा गर्नेछ । नेपालले जारी प्रतियोगिताको लिगमा भारत विरूद्ध पहिलो पटक जित हात पारिसकेको छ ।

फाइनल खेल बुधवार साँझ पाँच बजे हुनेछ । इरान र श्रीलंकाबीच तेस्रो स्थानको लागि दिउँसो दुई बजे प्रतिस्पर्धा हुनेछ ।