४ पुष २०८२, शुक्रबार
,
Latest
शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ चौध खेलाडीलाई छात्रवृत्ति प्रदान स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट ब्रिटिस काउन्सिलद्धारा नेपालमा आइइएलटिएस उपहार २०२५ का विजेताको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशका राष्ट्रपतिद्वारा संसद भंग, अन्तरिम सरकार गठनको तयारी



अ+ अ-

काठमाडौँ । बंगलादेशमा हिंसा बढ्दै गएपछि राष्ट्रपति मोहम्मद शाहबुद्दीनले संसद भंग गरेका छन् । यसका साथै देशकी पूर्व प्रधानमन्त्री खालिदा जियालाई पनि रिहा गरिएको छ ।

मंगलबार बंगलादेशमा आन्दोलनरत विद्यार्थीहरूले दिउँसो ३ बजेसम्म संसद विघटन गर्ने अल्टिमेटम दिएका थिए । उनले छिट्टै अन्तरिम सरकारका लागि नाम प्रस्ताव गर्ने बताए ।

शेख हसिनाविरुद्ध दुई महिना लामो प्रदर्शनको क्रममा सोमबार धेरै हिंसा भएको थियो । यसपछि हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।

उनी ढाकाबाट अगरतला हुँदै भारत पुगेकी थिइन् । हिन्डन एयरबेसमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले उनीसँग करिब एक घण्टा कुराकानी गरेका थिए । हसिना लन्डन वा फिनल्याण्ड जान सक्छिन् ।

ढाका ट्रिब्यूनको रिपोर्ट अनुसार बंगलादेशको राजधानी ढाकामा आज स्थिति नियन्त्रणमा रहेको छ । तर, सोमबार प्रहरी चौकीमा आक्रमण र आगजनी भएपछि प्रहरीमा डरको वातावरण छ । जसका कारण मंगलबार ढाकाका सडकमा ट्राफिक प्रहरीको सट्टा सिपाही र विद्यार्थीले ट्राफिक व्यवस्थापन गरेका छन् ।