२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट टोलीले भारतमा प्रशिक्षण गर्ने



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतमा प्रशिक्षण गर्ने भएको छ । नेपाली टोलीले क्यानडा भ्रमणअघि भारतमा प्रशिक्षण गर्ने भएको हो । क्यानले क्यानडा भ्रमणका लागि आइतबार रोहितकुमार पौडेलको कप्तानीमा २२ सदस्य टोली बन्द प्रशिक्षणमा बोलाएको छ ।

टोलीले एक हप्ता त्रिवि क्रिकेट मैदानमा फिटनेश ट्रेनिङ गर्नेछ, त्यसपछि भारत जाने तयारी छ ।

प्रशिक्षणमा बोलाइएका कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र स्पिनर सन्दीप लामिछानेले अहिले क्यानडामा जारी ग्लोबल टी–२० खेलिरहेका छन् । ग्लोबल टी–२० पछि दीपेन्द्र र रोहित टी–१० लिग खेल्ने वेष्ट इण्डिज जानेछन् । तीनै जना सिधै क्यानडामा टोलीसँग जोडिनेछन् ।

नेपालले आगामी सेप्टेम्बरमा क्यानडामा आईसीसी विश्वकप लिग–२ र त्रिकोणात्मक टी–२० आई सिरिज खेल्नेछ । घरेलु टोली क्यानडा, नेपाल र ओमानबीच उक्त प्रतिस्पर्धा हुनेछ । लिग–२ त्रिकोणात्मक सिरिज २०२७ सम्म चल्नेछ ।

प्रतियोगितामा नेपाल, अमेरिका, क्यानडा, स्कटल्यान्ड, नेदरल्यान्ड्स, यूएई, ओमान र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ । शीर्ष चारमा रहने टोलीले सोझै २०२७ को एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछन् भने पुछारमा रहने चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।