यतिबेला विवाहको सिजन चलिरहेको छ । जन्मका लागि साथ रहने कसम खाँदै सात फेरा लगाएर वैवाहिक बन्धनमा बाँधिने कतिपय महिला र पुरुषको सम्बन्ध टुट्न दुई मिनेट पनि लाग्दैन । हालके अबस्थामा एकअर्काको कमिकम्जोरी अप्नाएर अगाडी बढ्नु भन्दा पनि एकअर्काको गल्ती औल्याएर सम्बन्ध विछेद गरेको देख्न पाइन्छ । चाहना त कसको हुन्छ र सात जन्मसम्म सँगै जीवन बिताउने भनेर कसम खाएका व्यक्तिसँग छुट्टिने । तर पनि परिस्थिति यस्तो बन्न जान्छ कि सँगै बस्नुभन्दा पनि छुट्टिनु जाती लाग्छ । वैवाहिक जीवनलाई अकालमै टुंग्याउनु अगाडि पति र पत्नी बीच केही यस्ता गल्ती र असमझदारी हुन्छन् जसबारे पूर्वजानकारी हुने हो भने वैवाहिक सम्बन्धलाई दिगो बनाउन सकिन्छ । त्यसैले तपाईको वैवाहिक जीवन सुमधुर बनाउनका लागि पढ्नुहोस् यी १० टिप्स :
१) सफल वैवाहिक जीवनका लागि सबैभन्दा पहिलो र महत्वपूर्ण पक्ष भनेको एक–अर्कालाई बढीभन्दा बढी समय दिनु र धेरै समय साथमा बिताउनु हो ।
२) शारीरिक अन्तरंगता, करियरमा सफलतालगायत विषय मात्रै सफल वैवाहिक जीवनको कारक हैन । पति–पत्नीबीच आपसमा एक दोस्रोका लागि सौहार्दपूर्ण भावना राख्नु, एक दोस्रोको भावनालाई सम्झिनु र आपसी समझदारीबाट समस्याको हल गर्नु हो ।
३) वैवाहिक जीवनलाई सफल बनाउन एक अर्काको काम र पेशालाई सम्मान गर्नु पनि महत्वपूर्ण हुन्छ ।
४) शारीरिक सम्बन्धले वैवाहिक सम्बन्धमा घनिष्ठता ल्याउँछ । तर यो जरुरी हुँदैन कि तपाईं हरेक समय शारीरिक सम्बन्धकै बारेमा सोच्ने गर्नुहोस् ।
५) वर्षमा ४–५ दिनका लागि भए पनि बाहिर घुम्नु जानुहोस् । वैवाहिक जीवन सफल हुनुको श्रेय साहार्दपूर्ण र साथित्वको व्यवहारलाई पनि जान्छ । तपाई परम्परागत पति अथवा पत्नी मात्रै नबन्नुहोस् । एक असल साथी बन्नुहोस् ।
६) वैवाहिक जीवनलाई सफल बनाउने अर्को महत्वपूर्ण पक्ष यो पनि हो कि तपाईं आफ्नो जीवन साथीलाई कुनै तेस्रो व्यक्तिका अगाडि अपमान नगर्नुहोस् ।
७) कैयौं पटक पति या पत्नीले आवश्यकताभन्दा बढी समय घरभन्दा बाहिर रहँदा अथवा समयमै घर नआउँदा पनि सम्बन्धमा दरार आउन सक्छ । यस्तो अवस्थामा आफू बाहिर रहनु तथा समयमै घर आउन नसक्नुको कारणबारे आफ्नो साथीलाई सत्य बताएर विश्वास दिलाउनु जरुरी हुन्छ ।
८) कैयौं पटक कुनै एक विषयमा पति र पत्नीबीच फरक धारणा र सोच हुँदा पनि सम्बन्धमा तनाव उत्पन्न हुने अवस्था आउँछ । यस्तो अवस्था आउन नदिन एकअर्काको सोच, बिचार र सिद्धान्तको सम्मान गर्ने गर्नुपर्छ ।
९) वैवाहिक जीवनलाई सफल बनाउन पति पत्नीले एक अर्काको आवश्यकतालाई बुझेर उसलाई पूरा गर्ने कोशिष गर्नुपर्छ । वैवाहिक जीवन समधुर रहन्छ ।
१०) जिम्मेवारी निभाउँदा मात्रै पनि वैवाहिक जीवन सफल हुँदैन । कहिलेकाँही दुवैजना मिलेर रमाइलो गर्ने, घुम्न जाने, सरप्राइज पार्टी दिनु पनि आवश्यक हुन्छ । यसले तपाईको जीवन साथीलाई खुसी दिने र नौलो महसुस गराउने छ ।