२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तरकारीको विषादी हटाउन यी कुराहरुमा ध्यान दिनुहोस्, भिनेगरका फाइदाँहरु



अ+ अ-

काठमाडौं ।  सागसब्जी रोप्ने, उमार्ने, भण्डारण गर्ने क्रममा रासयनिक मल, किरा मार्न किटनासक औषधि प्रयोग गरिएको हुन्छ । हामीले केही खानेकुरालाई भान्सामा नै शुद्धिकरण गर्न सकिन्छ । भलै यो विधीबाट पूर्णत जैविक खानेकुरा प्राप्त गर्न नसकिए पनि विषाक्त तत्व हटाउन सकिन्छ ।

१) बजारबाट खरिद गरेर ल्याएपछि फलफूल तथा सागसब्जीलाई एउटै भाडोमा राखेर पर्याप्त मात्रामा पानी हाल्नु पर्छ । अब यसमा भिनेगर हालेर करीब १५ मिनेट छोड्नु पर्छ ।

२) भाडोबाट फलफूल तथा सागसब्जी हटाएर राम्ररी धुनु पर्छ । यो विधि अपनाएमा फलफूल तथा सागसब्जीबाट ९८ प्रतिशतसम्म किटनाशक औषधिलाई हटाउन सकिन्छ । त्यसैले, फलफूल तथा सागसब्जीमा प्रयोग गरिएको किटानशक औषधी हटाउने यो सरल उपाय मानिन्छ ।

३) राम्ररी खाएमा हाम्रो शरीरलाई आवश्यक तत्व प्राप्त हुन्छ । त्यसैले फलफूल तथा सागसब्जीको सेवन गर्छौ । जबकी यस्ता खानेकुरामा अत्याधिक मात्रामा किटनासक विषादीको प्रयोग गरिएको हुन्छ । यस्ता किटनाशक विषादी विशेषगरी बाटबिरुवामा लागेको किरा मार्न प्रयोग हुने गर्दछ ।

४) किटानशक औषधी साधारण पानीले धोएर जाँदैन । त्यसैले, अत्याधिक मात्रामा किटानशक औषधी प्रयोग गरिएको फलको सेवनले स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । अहिले मिर्गौलाको समस्यादेखि क्यान्सरसम्म जटिलता यस्तै खानपानले निम्त्याएको हो ।

५) किटानशक विषादीका सेवनले स्वास्थ्यमा विभिन्न समस्या निम्त्याउन सक्छ । विभिन्न अध्ययनले जनाए अनुसार आहारमा किटनाशकको अत्याधिक प्रयोगले क्यान्सर, मिर्गौला तथा फोक्सो सम्बन्धि समस्या निम्तने गर्छ । बच्चामा विभिन्न किसिमका संक्रमण निम्त्याउने गर्छ । यसको सम्पर्कमा रहनाले बाल्यकालमै क्यान्सर, अटिज्म, एकाग्रता नहुने, सक्रियताको कमी जस्ता समस्या हुने गर्छ ।

६) गर्भवतीले किटनाशक युक्त फलफूल खाएमा यसले भ्रुणलाई समेत प्रभावित पार्छ । जसका कारण जन्मसम्बन्धि जटिलता हुन सक्छ । त्यसबाहेक, यसको सेवनले वाकवाकी लाग्ने,पखाला लाग्ने, पेट बौडिने, चक्कर आउने, तनाव, फूड प्वाइजनिङ्ग हुनसक्छ ।