१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार पहिलो घण्टामा नेप्से परिसूचक बढ्यो



अ+ अ-

काठमाडौं । सोमबार पहिलो घण्टामा नेप्से परिसूचक ९ दशमलव १९ अंकले बढेको छ । १ हजार ९१९ दशमलव शून्य ५ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ४८ प्रतिशतले बढेर १ हजार ९५१ दशमलव १० विन्दुमा पुगेको छ । 

पहिलो घण्टाको अवधिमा १८६ ओटा कम्पनीको रू. २ अर्ब ४२ करोड २७ लाख बराबरको ३७ लाख ६५ हजार ९१ कित्ता शेयरको खरीदविक्री भएको छ । उक्त कारोबार २२ हजार ५९६ पटकको व्यापारमा भएको हो । यस अवधिमा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये बैंकिङ, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, जीवन बीमा समूहको परिसूचक बढेको छ भने बाँकी व्यापार, होटल्स, विकास बैंक, जलविद्युत, वित्त, लघुवित्त र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ ।

यस अवधिसम्म नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ३८ करोड २१ लख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. २ हजार १३५ मा कारोबार भइरहेको छ ।